भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब जम्मा गर्ने (भिडिओ) – Nepal Press

भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब जम्मा गर्ने (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठक जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

भूकम्प प्रभावित क्षेत्रमा अहिले विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन भइरहेको छ । अहिलेसम्म प्रधानमन्त्री राहत कोषमा ६ करोडभन्दा बढी रकम जम्मा भइसकेको छ ।

यस्तै प्रदेश सरकारहरू र विभिन्न स्थानीय तहहरूले पनि प्रभावित क्षेत्रमा आर्थिक सहयोग गरिरहेका छन् । साथै केही प्रदेशले त्यस क्षेत्रमा चिकित्सक टोली पनि खटाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर