एमाले जिल्ला र पालिका तहका अधिवेशनको डेडलाइन सर्‍यो – Nepal Press

एमाले जिल्ला र पालिका तहका अधिवेशनको डेडलाइन सर्‍यो

६ केन्द्रीय सदस्य पद रिक्त

कैलाली । नेकपा एमालेले जिल्ला अधिवेशनको मिति सारेको छ । यस अघि माघ मसान्त सम्ममा जिल्ला अधिवेशन गर्ने तयारी गरे पनि अहिले भने जेठ मसान्त सम्ममा जिल्ला अधिवेशन गर्नु सकिने निर्णय गरेको छ ।

आज काठमाडौँमा बसेको सचिवालयले बैठकले जेठ मसान्तसम्म गर्न सकिने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ ।

प्रदेश अधिवेशनमा उम्मेदवार बनेका र प्रदेश अध्यक्षमा निर्वाचित भएका ६ केन्द्रीय सदस्यको पद रिक्त भएको ज्ञवालीले बताए ।

गुलावजंग शाह, कैलाश ढुङ्गेल, हरि रिजाल मायानाथ अधिकारी, कृष्ण प्रसाद दाहाल र विनोद ढकाल शाह कर्णाली र ढुङ्गेल बागमती प्रदेश अध्यक्ष हुन् भने अन्य अध्यक्ष पदमा पराजित भएपछि केन्द्रीय कमिटी सदस्य पद रिक्त भएको जानकारी गराइएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर