नेप्से परिसूचकमा सामान्य वृद्धि – Nepal Press

नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौं । लगातार तेस्रो दिन पनि शेयर बजारमा वृद्धि भएको छ ।

बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ३१ लाख ५७ हजार ६२ कित्ता सेयरको खरिदबिक्री हुँदा ७८ करोड २७ लाख ४३ हजार २६३ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मंगलबार मात्रै ११.२२ अंकले घटेको सेयरबजारमा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो भने सोमबार ९३ करोड ८९ लाख २९ हजार रुपैयाँको कारोबार भएको थियो । नेप्से लगातर तेस्रो दिन बढेपनि कारोबार रकम भने घटेको छ ।

त्यस्तै, आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, पिपुल्सहाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल एसबीआई बैंक लिमिटेडले सर्वाधिक नाफा कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सामलिङ पावर कम्पनी लिमिटेड र एनआइसी एसीया ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ५ करोड ६१ लाख ४१ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर