आउँदैछ दराज ११:११, बिगेस्ट सेल अफ द इयर – Nepal Press

आउँदैछ दराज ११:११, बिगेस्ट सेल अफ द इयर

काठमाठौं । ई-कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैटौं संस्करण सार्वजनिक गरेको छ । जसमा ग्राहकले ८० प्रतिशत छुटदेखि वाशिङ मशिनसम्म जित्ने मौका पाउनेछन् ।

कार्तिक २५ गते सुरु हुने सेलमा ग्राहकले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन र मनोरञ्जन जस्ता विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोडसम्मको छुट पाउनेछन् ।

सेलमा ग्राहकहरुले निःशुल्क डेलिभरी, १० हजारसम्म मेगा भाउचर, मेगा डिलक्समा ८० प्रतिशतसम्म छुट पाउनेछन् । साथै मेगा गिभअवेअन्तर्गत ९९९ रुपैयाँभन्दा माथिको खरिदमा अग्रीम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताले सीजी ब्राण्डको वाशिङ मशिन जित्ने मौका पाउनेछन् ।

त्यस्तै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रीम भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत र अधिकतम २ हजारसम्म छुट पाउनेछन् । क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले २० प्रतिशत र अधिकतम २ हजार ५ सयसम्मको छुट प्राप्त गर्नेछन् ।

त्यसैगरी कार्तिक २५ गते राति १२ देखि १२ः३० बजेसम्म आईएमई–पेद्वारा अग्रीम भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत र अधिक्तम ५ सय रुपैयाँ र बिहान ८ बाट ८ः३० सम्म १५ प्रतिशत र अधिकतक २५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सेलमा गायिका सुवानी मोक्तानले कार्तिक २४ गते राति १० बजे दराज लाइभमार्फत कार्यक्रम सञ्चालन गर्नेछिन् । कार्यक्रम दराजको एपबाट प्रत्यक्ष प्रशारण गरिनेछ । कार्यक्रममा मोक्तानको सांगीतिक प्रदर्शनका साथै विभिन्न खेल र प्रश्नोत्तरहरु समावेश छन् । जहाँ दर्शकहरुले आफ्नो सहभागिता जनाएर प्रत्येक ११ मिनेटमा आकर्षक उपहारहरु जित्न सक्नेछन् ।

यस वर्षको सेलमा ८ वटा (अल्टिमा लाइफस्टाइल, मसल बलेज, हाडा लाबो, भ्यासलिन, सेटाफिल, गोल्डस्टार, फिलिप्स, वाउ स्किन साइन्स र जुभारा) ब्राण्डहरु दराजसँग डाइमण्ड पार्टनरको रुपमा आवद्ध छन् । यसका साथै हाई फ्युचर, फ्यान्सिरा, एडिडास, मामाअर्थ, पल्म र फ्यान्टेकहरु दराजसँग गोल्ड पार्टनर्सको रुपमा आवद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर