राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग – Nepal Press

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

मङ्गलवार भूकम्प पीडितको सहायताका लागि बैंक सञ्चालक समिति सदस्य दिलीपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक करोड रुपैयाँको चेक रकम हस्तान्तरण गरेको हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ मङ्गलवार ट्रान्सफर गरेको हो ।

बैंकले भूकम्पका कारण मृत्यु हुने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर