एमाले सचिवालय बैठक बस्दै : यस्ता छन् मुख्य एजेन्डा – Nepal Press

एमाले सचिवालय बैठक बस्दै : यस्ता छन् मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १२:४५ बजे बस्दै छ ।

बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रीत अभियानको बारेमा छलफल केन्द्रित हुनेछ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ ।

साे अभियान मंसिर दोस्रो साताबाट सुरु हुनसक्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । अभियानका क्रममा एमालेले सभा, भेटघाट र अन्तरक्रिया गर्नेछन् ।

यस्तै बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ ।

पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा भूकम्पपछिको राहत, पुनः स्थापना बारे छलफल गर्ने एजेण्डा रहेको पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर