चौधरी फाउन्डेसनले रुकुम चौरजहारीका ५० भूकम्प प्रभावित परिवारका लागि अस्थायी सेल्टर निर्माण गर्ने – Nepal Press

चौधरी फाउन्डेसनले रुकुम चौरजहारीका ५० भूकम्प प्रभावित परिवारका लागि अस्थायी सेल्टर निर्माण गर्ने

काठमाडौं । चौधरी फाउन्डेसनले भूकम्पबाट घर गुमाएका परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गर्ने भएको छ ।

जाजरकोट भूकम्पले क्षति पुर्‍याएका पश्चिम रूकुम चौरजहारी नगरपालिकाका ५० परिवारका सेल्टर निर्माण गर्ने निर्णय फाउन्डेसनले गरेको हो ।

चौधरी फाउण्डेसनका प्रतिनिधि र उक्त नगरपालिकाका मेयर पुष्प बादीबीच मंगलवार बिहान सो सहमति भएको छ ।

फाउन्डेसनले नगरपालिकासँगको समन्वयमा लागि यथासम्भव छिटो काम शुरू हुने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले २०७२ सालमा निर्माण गरेजस्तै ट्रान्जिसनल सेल्टर निर्माण गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर