साना र मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड : राष्ट्रपति पौडेल (भिडिओ) – Nepal Press

साना र मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड : राष्ट्रपति पौडेल (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्योगहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एशिया प्यासिफिक चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री कन्फेरेसनलाई सम्बोधन गर्दै पौडेलले साना र मझौला उद्योगले रोजगारी सिर्जना गर्ने भएकाले आवश्यक प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । दिगोपन भविष्यको अधारशीला रहेको भन्दै दिगो विकासका लक्ष्य हासिल हुनेगरी काम गर्न आवश्यक रहेको उनले बताए ।

राष्ट्रपतिले उद्यमशीलता भनेको व्यवसाय सुरू गर्नुमात्रै नभएको भन्दै नवप्रवर्तनलाई अंगाल्ने, विविधतालाई सबलीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार उद्यमशीलता भएको दाबी गरे । व्यापार अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै यसले आर्थिक वृद्धिलाई मात्रै नभइ सीमापार सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने पौडेलको भनाइ छ ।

‘आधुनिक युगमा दिगोपन एक शब्दजालमात्र होइन । यो हाम्रो भविष्यको अधारशीला हो । साना र मझौला उद्योगहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तीनिहरूले वृद्धि नविनता र रोजगारी सिर्जना गर्दछन् । उद्यमशीलताले हाम्रो क्षेत्रलाई रुपान्तरण गर्ने क्षमता राख्छ । उद्यमशीलता भनेको व्यवसाय शुरु गर्नुमात्रै होइन । यो नवप्रवर्तनलाई अंगाल्ने, विविधतालाई सबलीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार पनि हो । व्यापार हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । यसले आर्थिक वृद्धिलाई मात्रै होइन, सीमापार सम्बन्ध विस्तार गर्न सहयोग गर्छ’, पौडेलले भने ।

नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न निजी एवं विदेशी लगानीकर्तालाई उनले आह्वान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर