सरकारसँग कांग्रेसको आग्रह- भूकम्प प्रभावितको स्थानान्तरण र उद्धार युद्धस्तरमा गर्नू – Nepal Press

सरकारसँग कांग्रेसको आग्रह- भूकम्प प्रभावितको स्थानान्तरण र उद्धार युद्धस्तरमा गर्नू

काठमाडौं । नेपाली कांग्रेसले भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न प्रधानमन्त्री लगायत सरकारसँग माग गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं। १ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति दुख व्यक्त गरेका हुन्।

नेपाली कांग्रेसका उपसभापति एवं नेपाल सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्रमा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन त्यसतर्फ जान लागेको जनाएका छन्।

कठिन घडीमा नेपाली कांग्रेसका सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा सक्रियतापूर्वक उद्धार, राहत र पुनर्निर्माणमा जुट्न निर्देश गर्दै यो विपत्तिको सामना संयम, धैर्यता र एकतापूर्वक गर्न अपिल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर