कोशीमा गणेश र कमल मन्त्री बन्दै, प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी – Nepal Press

कोशीमा गणेश र कमल मन्त्री बन्दै, प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी

विराटनगर । नेकपा माओवादी केन्द्रका गणेश उप्रेती सुशील र एकीकृत समाजवादीका कमलप्रसाद जवेगू कोशी प्रदेश सरकारको मन्त्री हुने भएका छन् । उनीहरुलाई मुख्यमन्त्री केदार कार्कीले मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमालेको असहमतिका बीच कार्कीले उप्रेती र जवेगस्लाई मन्त्री नियुक्त गर्ने र आजै शपथ खुवाउने तयारी गरेका छन् । कोशी प्रदेश प्रमुख परशुराम खापुङको सचिवालयका अनुसार आजै साँझ साढे ६ बजे शपथग्रहणको तयारी गरिएको छ ।

उप्रेती माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए । कमल जवेगु भने पाँचथरबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

माओवादीका उप्रेती पहिलो पटक मन्त्री बन्न लागेका हुन् भने जबेगू यसअघि नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले यसअघि एमालेबाट रामबहादुर रानामगर र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर