१९ वाणिज्य बैंकहरुमध्ये ८ वटाले कमाए नाफा, कुनको कति ? – Nepal Press

१९ वाणिज्य बैंकहरुमध्ये ८ वटाले कमाए नाफा, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमास (असारदेखि असोजसम्म) को वित्तीय विवरण सार्वजनिक गरेका छन् । जहाँ सरकारी स्वामित्व रहेको कृषि विकास बैंकको नाफा ऋणात्मक रहेको छ भने नेपाल बैंक पनि घाटामा रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, प्राइम बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक र स्टयान्डर्ड चार्टड बैंकले नाफा कमाएका छन् ।

सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक लक्ष्मी सनराइज् बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकले घाटा व्यहोरेका छन् ।

हिमालयन बैंक

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा हिमालयन बैंकले सर्वधिक नाफा कमाएको छ । जहाँ अघिल्लो त्रैमासको तुलनामा बैंकले ९८.३ प्तिशत खुद नाफा कमाएको हो । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले ५३ करोड २४ लाख ७५ हजार ८६८ रुपैयाँ नाफा कमाएको थियो ।

प्रभु बैंक

प्रभु बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४६.७ प्रतिशत खुद नाफा कमाएको छ । बैंकले पहिलो त्रैमासमा १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा बैंकको नाफा ७० करोड ५० लाख ६ हजार रुपैयाँ रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा ३३.४ प्रतिशतले बढेको छ ।

प्राइम बैंक

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको खुद नाफा ३१.७ प्रतिशतले वृद्धि भएको छ । बैंकले पहिलो त्रैमासमा १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा भने बैंकले ८७ करोड ४१ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

एनएमबि बैंक

एनएमबि बैंकको खुद नाफा ६.५३ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

स्ट्यान्डर्ड चार्टड बैंक

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्टड बैंकको खुद नाफा ८२ करोड ७७ लाख रुपैयाँ रहेको छ भने, गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८१ अर्ब १३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा २ प्रतिशतले बढेको छ ।

ग्लोबल आइएमई बैंक

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको खुद नाफा ३.०४ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खुद नाफा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ रहेको छ भने, गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

माछापुच्छ्रे बैंक

माच्छापुच्छ्रे बैंकको मुनामा पहिलो त्रैमासमा २० प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५४ करोड २२ लाख ३९ हजार ५११ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकको नाफा ४२.४ प्रतिशतले घटेको छ । जहाँ आर्थिक वर्ष २०७८÷०८९ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने, चालू आर्थिक वर्षमा बैंकले १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकको मुनाफा पहिलो त्रैमासमा ९.४ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ऐभरेष्ट बैंकले ७८ करोड ७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि अघिल्लो वर्षको सोहि अवधिमा बैंकको नाफा ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ थियो ।

नबिल बैंक

नबिल बैंकले पहिलो त्रैमासमा आफ्नो नाफा घटाएको छ । बैंकले तीन महिनामा १ अर्ब ४६ करोड ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.५ प्रतिशतले कम हुुन जान्छ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकको पनि खुद नाफा २३.६ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकले ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा भने, बैंकले ६२ करोड ७३ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सानिमा बैंक

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सानिमा बैंको नाफा ११.९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा बैंकले ४८ करोड २९ लाख ९ हजार खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा ५४ करोड ८२ लाख २० हजार रुपैयाँ रहेको थियो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले नयाँ आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा १९.७ प्रतिशतले घटाएको छ । बैंकले पहिलो त्रैमासमा ४० करोड २४ लाख ५५ हजार ६३० रुपैयाँ अर्जान गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा भने, बैंकले ५० करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कुमारी बैंक

कुमारी बैंकको नाफा तीन महिनामा ७३.६ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षके पहिलो त्रैमासमा बैंकले २६ करोड ३९ लाख ३५ हजार १२० रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । जहाँ अघिल्लो वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब १४ लाख ५९ हजार ३८१ रुपैयाँ रहेको थियो ।

नेपाल बैंक

सरकारी स्वामित्वमा रहेको नेपाल लिमिटेडको नाफा ७६.४ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकले १४ करोड २३ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने, ६० करोड ४० लाख ९८ हजार खुद नाफा कमाएको थियो ।

लक्ष्मी सनराइज बैंक

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी सनराइज बैंकको नाफा ७९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १० करोड ३० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । जबकि अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ५० करोड ३४ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको नाफा सबैभन्दा बढी ९१.४ प्रतिशतले घटेको छ । बैंकले पहिलो तीन महिनामा ४ करोड २८ लाख ६२ हजार ८८४ रुपेयाँ खुद नाफा कमाएको छ । जबकि अघिल्ले वर्षको सोसि अवधिमा बैंकले ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कृषि विकास बैंक

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कृषि विकास बैंकको मुनाफा ऋणत्मक रहेको छ । सरकारी सवामित्वमा रहेको कृषि विकास बैंकले अघिल्लो वर्षको सोहि अवधिमा २२ करोड ९ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक ८८ करोड ८० लाख ७१ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर