इजरायलको दम्भ र एन्टोनियो गुटेरेस – Nepal Press

इजरायलको दम्भ र एन्टोनियो गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल भ्रमणमा छन् । इजरायली सरकारले भने नेटो र यसका सहयोगीहरु संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूलाई भिसा अस्वीकार गरेर संयुक्त राष्ट्रसंघलाई पाठ सिकाउने घोषणा गरेको छ । जसले इजरायलको बढ्दो एक्लोपनलाई प्रतिविम्बित गर्छ ।

इजरायलद्वारा गाजामा गरिएको क्रूर बमबारीका कारणले घेरामा परेको गाजापट्टीमा प्यालेस्टाइनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत कार्य एजेन्सीका कम्तिमा २९ कर्मचारी मारिएको समाचार प्रकाशमा आएको छ । यो नागरिक हताहतको एक सानो अनुपात मानिए पनि अन्तर्राष्ट्रिय कानूनको लागि तेलअविवले समस्त विश्वप्रति देखाएको दम्भ आक्रोश र अवहेलनाको संकेत हो ।

दुर्भाग्य संयुक्त राष्ट्रसंघको वर्तमान संरचनाका कारण संयुक्त राज्य अमेरिकाले युद्धविराम गराउन भिटो प्रयोग गर्नसमेत रोकेको छ । तर, हालै महासचिव एन्टोनियो गुटेरेसको भनाइले इजरायली नेताहरूलाई रिसाउन हालेको भन्ने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताउँदै त्यसैकारणले यूएनका प्रतिनिधिहरुलाई इजरायले प्यालेस्टाइनमा राहत सहयोग गर्न आउन भिसा नदिने बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले हमासद्वारा अक्टोबर ७ मा इजरायलमाथि गरिएको हमला एक शून्य अवस्थामा भएको थिएन किनकि इजरायलद्वारा प्यालेस्टाइनको ५-६ वर्षलाई दमन गर्ने रणनीति लिएकोसँग जोडिएको हुनुपर्छ भनेका थिए ।

बेन्जामिन नेतान्याहुले इजरायलले जातिवादी राष्ट्र, राज्य कानून अपनाएदेखि मार्च अफ रिटर्न विरोध प्रदर्शनको क्रममा गाजा सीमामा निहत्था प्रदर्शनकारीहरूको नरसंहारमार्फत प्यालेस्टाइनीहरूमाथिको दमन तीव्र रूपमा बढेको हो र अक्टोबर २८ देखि सशस्त्र युद्ध छेडिसकेको छ ।

उनले अगाडि भने, ‘इजरायलले दशकौंदेखि प्यालेस्टाइनी राज्य स्वीकार नगरेकोमात्र नभई प्यालेस्टाइनमाथि कब्जा गर्न चालिरहेको नियमित हिंसा वा गाजाको घेराबन्दीको कारण नै त्यो डरलाग्दो घटनाहरूको लागि दृश्यसेट गरेको हो ।’ उनले भनेका यी कुराहरुमा इजरायल र अमेरिकी सरकारका तर्फबाट दबाब परेपछि आफ्नो भनाइ फिर्ता लिन र माफी माग्न लगाइएको थियो ।

बेन्जामिन नेतान्याहुले इजरायलले जातिवादी राष्ट्र, राज्य कानून अपनाएदेखि मार्च अफ रिटर्न विरोध प्रदर्शनको क्रममा गाजा सीमामा निहत्था प्रदर्शनकारीहरूको नरसंहारमार्फत प्यालेस्टाइनीहरूमाथिको दमन तीव्र रूपमा बढेको हो र अक्टोबर २८ देखि सशस्त्र युद्ध छेडिसकेको छ । इजरायलले अक्टोबर ७ देखि अहिलेसम्म पनि यरूशलेमको अलअक्सा मस्जिदमा प्यालेस्टाइनीहरूमाथि बारम्बार आक्रमण गरिरहेको छ ।

तीन हप्तादेखिको इजरायलको आक्रोश प्यालेस्टाइनीहरूको सामूहिक दण्डको प्रत्यक्ष परिणाम थियो भनेर पश्चिमेली सरकारले टिप्पणी गरेका छन् भने जनस्तरमा यो अन्याय हो भनेर प्यालेस्टाइनको समर्थनमा जुलुस प्रदर्शनहरु हुँदै आएका छन् । चाहे त्यो बेलायतमा होस् या फ्रान्स वा जर्मनीमात्र नभएर अमेरिका र क्यानाडामा समेत हुँदै आएका छन् । त्यतिमात्र नभएर कतिपय राज्यस्तरमा समेत त्यो सामूहिक सजाय नभएर यो क्रूर आक्रमणलाई जायज ठहराउन नमिल्ने कुरा संयुक्त राष्ट्रसंघसँगै विश्वका अन्य थुप्रै मुलुकहरुले बताइरहेका छन् ।

गत शुक्रबारसम्म पनि यूएन अधिकारीहरूले चिन्ता व्यक्त गरिरहेका थिए कि इजरायलले गाजामा कुनै पनि भूमि आक्रमणको योजना बनाउने छैन । तर, दुर्भाग्य गत शनिबारदेखि इजरायलीहरुले प्यालेस्टाइनमाथि बर्बर आक्रमण सुरु गरे । दुर्भाग्य इजरायलको एक प्रभावशाली थिंकट्यांक र इजरायली व्यक्तित्वहरू र पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार (सन् २०१७ देखि २०२१ सम्म) मेरबेन शब्बातको थिंकट्याङ्क दमिस्गाभ इन्स्टिच्युट फर नेशनल सेक्युरिटी एण्ड जियोनिस्ट स्ट्राटेजीले पूरा गाजापट्टी खाली गर्ने अनौठो र दुर्लभ अवसरलाई स्वागत गर्दछौं भन्नुका साथै हमासको इजरायलमाथि भएको आक्रमण पश्चिमामाथिको आतंक हो, यसैले प्यालेस्टाइन क्षेत्रलाई जातीय रूपमा सफा गर्न र त्यहाँका सबै प्यालेस्टाइनीहरूलाई इजिप्टमा निष्कासन गर्न गरिएको यो शुरुवात स्वागतयोग्य रहेको बताएको छ ।

तीन हप्तादेखिको इजरायलको आक्रोश प्यालेस्टाइनीहरूको सामूहिक दण्डको प्रत्यक्ष परिणाम थियो भनेर पश्चिमेली सरकारले टिप्पणी गरेका छन् भने जनस्तरमा यो अन्याय हो भनेर प्यालेस्टाइनको समर्थनमा जुलुस प्रदर्शनहरु हुँदै आएका छन् ।

इजरायलको स्वतन्त्रता दिवस गत मे महिनामा जेरुसलममा मनाइने भनिएको दिवस स्वागत समारोह इजरायली अधिकारीहरुले रद्द गरे किनभने इजरायलको जातिवादी राष्ट्रिय सुरक्षामन्त्री इटामार युभगालान्टले भाग लिने योजना बनाएका थिए । जुलाईमा इजरायलमा रहेको अमेरिकी दूतावास गभिर र अर्थमन्त्री बेजलेल स्मोट्रिचलाई उनीहरूको चरम जातिवादी राजनीतिको कारणले स्वतन्त्रता दिवसको कार्यक्रममा आमन्त्रित गर्न अस्वीकार गरेको बताएका थिए ।

इजरायलमाथि हमासद्वारा गरिएको आक्रमणको यथार्थ कारण संसारसमक्ष लुकाएर इजरायलले प्यालेस्टाइनविरुद्ध गरेको युद्धको जातीय सफा गर्ने महत्वाकांक्षालाई सामान्य बनाउन र प्रयोग गर्न सकिँदैन न समस्याहरू लुकाउन । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघमा युद्धविरामका लागि भिटोको आह्वान गर्नुपर्छ किनभने संसारका धेरैजसो मुलुकहरु इजरायलको प्यालेस्टाइनमा जातीय सफाचट गर्ने भन्ने कुराको विरोधमा छन् ।

यदि संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघसँग भिटो कल गर्ने आह्वान गरेन भने यो संकट प्यालेस्टाइन र इजरायलको मात्र नभई विश्व राजनीतिमा बढ्दो समस्याका रूपमा देखापरेको छ र समग्र बाँकी विश्वविरुद्ध पश्चिम विभाजनलाई अझ उजागर गर्नेछ । युरोपेली कूटनीतिज्ञहरूले के स्वीकार गरेका छन् भने विकासोन्मुख देशहरूलाई युक्रेन युद्धमा नाटोलाई समर्थन गर्न मनाउने प्रयासहरू असफल भए । यसरी नै इजरायलले प्यालेस्टाइनमाथि कब्जा गर्ने कपटपूर्ण कदमले विश्वको आधा भाग पतन गर्नेछ ।

एकातिर चीनले अमेरिकी धम्कीको विरुद्ध आफ्नो सेना विस्तार गरिरहेको छ भने अर्कोतिर अमेरिकाले आफ्नो सशस्त्र सेनामा चीनलगायत अन्य विकसित देशहरुको सुरक्षामा गरिने खर्चभन्दा १० देशको संयुक्तभन्दा बढी खर्च गर्दै आएको छ र अमेरिकासँग चीनको भन्दा २० गुणा बढी आणविक वारहेडहरू छन (स्ट्राइकहरू) । अहिले सरसर्ती हेर्दा वाशिंगटन पृथ्वीमा शान्ति र स्थायित्वको सबैभन्दा ठूलो बाधक भएको देखिन्छ र अमेरिकाले नै प्यालेस्टाइन र युक्रेन दुबै युद्धमा सक्रिय रूपमा हिंसा बढाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *