द रिभर ओभरसिज बन्यो सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाउने मेनपावर, अरुले कति पठाए ? – Nepal Press

द रिभर ओभरसिज बन्यो सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाउने मेनपावर, अरुले कति पठाए ?

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालबाट सबैभन्दा धेरै कामदार विदेश पठाउने वैदेशिक रोजगार कम्पनीमा द रिभर ओभरसिज पहिलो बनेको छ । यसअघि पनि रिभरले नै नेपालबाट विभिन्न देशमा सबैभन्दा धेरै मेनपावर सप्लाइ गरेको थियो ।

एक वर्षमा १ हजार ५ सयभन्दा बढी कामदार विदेश पठाउने ५० म्यानपावर कम्पनीमध्ये द रिभर ओभरसिज पहिलो र इन्टरनेशनल मेनपावर दोस्रो रहेका छन् । बत्तिसपुतलीस्थित द रिभर ओभरसिजले सबैभन्दा बढी ५ हजार ६४६ कामदारलाई श्रम स्वीकृतिबाट विदेश पठाएको छ । यसका सञ्चालक रघु पुरी हुन् ।

वैदेशिक रोजगार क्षेत्रमा विगत एक दशकदेखि सबैभन्दा धेरै कामदारलाई तालिम दिएर पठाइरहेका पुरीको कम्पनीले ५ वर्षदेखि लगातार पहिलो रेकर्ड बनाएको छ । उनले मध्यपूर्व र मलेसियालगायतका देशमा कामदार पठाउँछन् ।

त्यस्तै, वाइबी राईको इन्टरनेसनल म्यानपावर रिक्रुमेन्ट प्रा.लिले ५हजार ३ सय ३५ जनाको संस्थागत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि पठाएको छ । तेस्रो नम्बरमा रहेको नलिकमल ह्युमन रिसोर्स प्रालिले ४ हजार २३७ जना कामदार पठाएको छ भने चौथोमा मोन्टाज र पाँचौंमा एक्सेस पार्टर्नर्स रहेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार १४ सय ७३ देखि ५५ सयसम्मको संख्या पठाउने मेनपावर ५० वटा छन् । त्यस्तै, एसओएस म्यानपावर सर्भिस प्रा.लि.ले ३ हजार ४ सय ५७, मोन्टाज ओभरसिज प्रा.लिले ३ हजार ६ सय ४९, मेरिडियन ओभरसिज प्रा.लि.ले ३ हजार ३ सय ७८, मास ह्युमन रिसोर्स प्रा.लि.ले ३ हजार १ सय ७९ जना वैदेशिक रोजगारीमा पठाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर