‘नेपालमा जंगली राज छैन भने एआरएनएको निर्वाचनलाई सरकारले मान्यता दिन्छ, हरूवाले बधाई थाप्दै हिँड्नु लोकतन्त्रको उपहास’ – Nepal Press
नेपाल टक

‘नेपालमा जंगली राज छैन भने एआरएनएको निर्वाचनलाई सरकारले मान्यता दिन्छ, हरूवाले बधाई थाप्दै हिँड्नु लोकतन्त्रको उपहास’

गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिम्खडा भन्छन्- हामी सरकारको अधिनस्थ हैनौं, चुनाव हार्नेहरूले सरकारसँग हारगुहार गर्नुको साटो भेरोविरुद्ध मुद्दा हाले हुन्छ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै काठमाडौंमा सम्पन्न निर्वाचनमा बद्री केसी अध्यक्षमा निर्वाचित भए । बद्रीपछि दोस्रो मत पाएका उम्मेदवार आरके शर्मालाई अध्यक्ष घोषणा गरेर पराजित पक्षले हरूवाहरूको कार्य समिति घोषणा गरेको छ ।

हरूवाहरूलाई नै विजेताका रूपमा प्रधानमन्त्री र मन्त्रीहरूले निवासमा बोलाएर बधाई दिएका तस्बिर सार्वजनिक हुँदा एनआरएनए निर्वाचनमा विजयी भएका पदाधिकारी तथा सदस्यहरूलाई भने सरकारले बधाई दिनसमेत कन्जुस्याइँ गरेको छ ।

निर्वाचनमा कांग्रेस र माओवादी समर्थित आधिकारिक उम्मेदवारहरू पराजित भएपछि सरकारले नवनिर्वाचित कार्य समितिलाई मान्यता दिनसमेत आनाकानी गरेको हो । नवनिर्वाचित अध्यक्ष बद्री केसी एमाले निकट मानिन्छन् । उनको टीमबाट जितेकाहरू भने सबै दल आबद्ध छन् ।

के त्यसो भए अब एनआरएन विभाजित भएको हो ? पराजितहरूलाई सरकारले मान्यता दिन लागेको हो ? यो प्रश्न उठिरहेका बेला एनआरएनएका नवनिर्वाचित उपाध्यक्ष रामशरण सिम्खडाले भने पराजित भएका केही व्यक्ति र विशेषगरी निवर्तमान अध्यक्ष कुल आचार्यले संगठनलाई बदनाम गराएको आरोप लगाएका छन् ।

नेपाल प्रेसको विशेष प्रस्तुति नेपाल टकमा भिडिओ अन्तर्वार्ता दिँदै उपाध्यक्ष सिम्खडाले एकजना उपाध्यक्ष उम्मेदवार केशव पौडेलको मत तलमाथि भएकोमा त्यसैलाई आधार बनाएर पूरै परिणाम नमान्ने भन्दै हलमा उत्तेजना फैलाएर भाँडेको बताए । उनले पौडेल विजेता भएको भनेर विद्युतीय मतदानमा विश्वव्यापी ख्याति कमाएको अर्बौं डलर लगानीको कम्पनी भेरोले माफी मागेर प्रष्ट पार्दा पनि पूरै परिणाम अस्वीकार गरेर सत्ताको दुरूपयोग गर्न लागेको बताए ।

प्रस्तुत छ, उपाध्यक्ष सिम्खडासँग गरिएको कुराकानीः

– निर्वाचित तपाईंहरु हुनुभयो । तर, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्रीबाट बधाई भने पराजित भएकाले खाइरहनुभएको छ । एनआरएनएमा अब नयाँ प्रचलन शुरु भएको हो ?

हो, साँच्चिकै पछिल्ला वर्ष एनआरएनएको अधिवेशन जात्रा जस्तै भएको छ । सामान्य नजरले कोही कसैप्रति पूर्वाग्रही नभएर भन्ने हो भने केही प्राविधिक त्रुटिबाहेक यसपटक राम्रोसँग निर्वाचन सम्पन्न भएको हो । तर, उपविजेता साथीहरुले हास्यास्पद हर्कत गरिरहनुभएको छ ।

– प्राविधिक त्रुटिमा पछि जाउँला । तर, गैरआवासीय नेपाली संघको एउटा टीम सरकारी र अर्को गैरसरकारी भएको हो ?

यसरी हेर्दाखेरि चिरकालसम्म एनआरएनएको महत्व छ कि छैन, यो सरकारको एउटा अंग हो कि अथवा जो सरकारमा आउँछ, उसले आफ्ना दल नजिककालाई मात्रै पक्षपोषण गर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ । उहाँहरुले प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा अर्थमन्त्रीलाई गलत सूचना दिनुभएको छ । हामी पनि संवादमै छौं, भरेभोलितिर प्रधानमन्त्रीज्यूले समय दिन्छु भन्नुभएको छ । अब पहँुचको आधारमा अफबाहको आलोकमा उभिएर कुनै पनि कुरालाई प्रमाणित गर्न सकिँदैन ।

– निर्वाचन भएको दुनियाँलाई जानकारी छ । निर्वाचन समितिले परिणाम सार्वजनिक गरेको पनि सबैलाई थाहा नै छ । एक जना उपाध्यक्षको उम्मेदवारको मात्रै प्राविधिक त्रुटि भएका कारण मत नदेखिएको हो कि अरु पनि गडबड हो ?

कुरा त्यति नै हो, अझ गहिरिएर भन्दा उहाँले प्राप्त गरेको मत पनि त्यहाँ देखिएको छ । मतलाई दुई खण्डमा विभाजन गर्दाखेरि अनलाइनबाट खसेको मत जस्ताको त्यस्तै छ । तर, नेपालबाट खसेको मत शून्य देखिएको हो सुरुमा । तर, अन्तिममा सबै मत जोड्दा उहाँले १६ सय मत प्राप्त गर्नुभएको छ ।

प्रारम्भिक नजिता प्रकाशनमा नै त्यो देखाइएको छ । यसमा खासगरी उहाँहरुको स्वीकारोक्तिमा कमी भएको हो । अनपेक्षित रुपमा मत परिणाम आएपछि एनआरएनको यस अघिदेखि नेतृत्व गरिरहनुभएको एक जना साथीले नै उठेर धाँधली भयो, कब्जा भयो, मेसिन ह्याक भयोलगायतका आरोप लगाएपछि स्वाभाविक हिसाबले नै जो साथीहरु उपविजेता हुनुभएको थियो, उहाँहरुलाई हो त नि भन्ने लागेको हो ।

त्यसै आवेशमा उहाँहरु भोलिपल्ट बिहानै प्रधानमन्त्री कहाँ पुग्नुभयो, प्रधानमन्त्री निवासमा पुगिसकेपछि मात्रै एनआरएनएको कार्यकारी अध्यक्ष बद्री केसीलाई खबर गर्नुभयो । जब कि प्रधानमन्त्रीलाई भेट्ने वा अरु मन्त्रीलाई भेट्ने भनेको एकद्वार प्रणाली कार्यकारी अध्यक्षमार्फत नै जाने हो ।

जुन पदमा अहिले निर्वाचित हुनुभएको बद्री केसी कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो । चक्रीय प्रणालीअनुसार बद्रीजीले अन्तिम पटकको कार्यकाल लिनुभएको हो । सम्पूर्ण काम अहिलेसम्म सहमतिमै भइरहेका थिए । त्यो दिनको कार्यक्रम कार्यसमितिले मात्रै चाहेर रोक्न सक्दैन र निर्वाचित कार्यसमितिको अधिकारभित्र पनि त्यो पर्दैन ।

कुल आचार्यजी निर्वाचन परिणामलाई अस्वीकार गर्ने र हललाई उत्तेजित गराउने उहाँ नै पहिलो वा प्रमुख व्यक्ति हो । दुनियाँले देखेको छ । तपाईंले पनि अनलाइनमा देख्नुभयो होला । उहाँ जस्तो जिम्मेवार व्यक्तिले त्यो नगर्दा राम्रो हुन्थ्यो ।

निर्वाचन रोक्ने वा स्थगित गर्ने भनेको त निर्वाचनमण्डल वा निर्वाचन समितिले हो । त्यो नगरिकन दुई जना अध्यक्षले मात्रै प्रधानमन्त्रीलाई सबै कार्यक्रम स्थगित गरिएको छ, तपाईं नआउनुस् भनेर हतारहतार भन्नुभएपछि यस्तो अवस्था आयो ।

– दुई जना अध्यक्ष भन्नाले ?

कुल आचार्य र रविना थापालगायतका साथीहरु ।

– भनेपछि कार्यकारी अध्यक्ष बद्री केसी निर्वाचन लडेर जित्नु पनि भयो । बाँकी दुई जना अध्यक्षले पराजित समूहलाई उक्साएर अर्को समिति घोषणा गरेको भन्नुभएको हो ?

दुई जना भन्नाले रविनाजीको त्यति हात छ जस्तो लाग्दैन । उहाँ संयमित र शालीन नै हुनुहुन्थ्यो । उहाँसँगै डेढ वर्ष काम पनि ग¥यौं । यो संस्थालाई एकताबद्ध बनाउनुपर्छ भनेर लागिरहनुभएको थियो । अहिलेसम्म उहाँको त्यस्तो प्रकारको अभिव्यक्ति पनि सुनिएको छैन । सम्भवतः प्रधानमन्त्रीलाई भेट्न जाँदा उहाँ पनि जानुभएको हुनाले कतिपय साथीहरुले त्यो आक्षेप लगाउनुभएको होला । कुल आचार्यजी निर्वाचन परिणामलाई अस्वीकार गर्ने र हललाई उत्तेजित गराउने उहाँ नै पहिलो वा प्रमुख व्यक्ति हो । दुनियाँले देखेको छ । तपाईंले पनि अनलाइनमा देख्नुभयो होला । उहाँ जस्तो जिम्मेवार व्यक्तिले त्यो नगर्दा राम्रो हुन्थ्यो ।

– पराजित पक्षले सिस्टम नै ह्याक गरेर परिणाम बद्री केसीको पक्षमा पारिएको आरोप लगाएको छ । तपाईं यसअघि पनि कार्यसमितिमा भएको हुनाले यो खासमा के हो ?

यो भेरो भोटिङ भनेको अस्टे«लिया अवस्थित एउटा कम्पनी हो । यस मेसिनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धेरै निर्वाचन सफल गराइसकेको कम्पनीको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ । त्यो कम्पनीको प्रोफाइल हेरेर, अन्तरंग छलफल गरिसकेपछि उक्त मेसिन प्रयोग गर्न पाँच सदस्यीय समिति बनेको थियो । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय भन्ने छ । जसमा तत्कालीन महासचिव डा.केशव पौडेल, हालका महासचिव गौरीराज जोशी, अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ, आरके शर्मा र सुनिल शाह गरेर पाँच जनाको मेसिन छनोट समिति बनेको थियो । त्यसैले भेरो भोटिङ सिस्टम सबै हिसाबले ठीक छ र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनी भनेर छानेको हो ।

– अध्यक्ष निर्वाचित बद्री केसी जसलाई सिस्टम ह्याक गरेको आरोप छ, उहाँ भेरो छनोट समितिमा हुनुहुन्न थियो ?

बद्री केसी हुनुहुन्न थियो । हामीसँग त्यो माइन्युट पनि छ । आवश्यक परेको बेला त्यो पनि सार्वजनिक गरौंला । केशवजी आफैं महासचिव भएकाले पत्राचार गर्ने काम निर्वाचन समितिका संयोजक वा महासचिवबाट मात्रै भएको छ । करारनामा उहाँहरुबाटै भएको छ । तर, यो भेरो मेसिन छनोट प्रक्रियामा उहाँको कुनै पनि संलग्नता छैन ।

तत्कालीन महासचिव डा.केशव पौडेल, हालका महासचिव गौरीराज जोशी, अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ, आरके शर्मा र सुनिल शाह गरेर पाँच जनाको मेसिन छनोट समिति बनेको थियो । त्यसैले भेरो भोटिङ सिस्टम सबै हिसाबले ठीक छ र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनी भनेर छानेको हो ।

एनसीसीका सबै राष्ट्रिय परिषद्का निर्वाचन यसै भेरोबाटै गराइएको हो । त्यो अन्तर्राष्ट्रिय आईएसओ प्रमाणित कम्पनी हो । यसले बद्री केसी वा अर्को कुनै व्यक्तिको बहकाउमा आएर त्यो प्रकारको त्रुटि भयो भने त त्यो कम्पनीलाई मुद्दा हाल्ने होला नि त ! कुनै संसदीय निर्वाचन वा अन्य कुनै निर्वाचनमा धाँधली भयो भने निर्वाचित हुने व्यक्तिलाई आक्षेप लगाउने हो कि निर्वाचन आयोग वा निर्वाचन समितिमाथि प्रश्न उठाउने हो ?

– यदि निर्वाचन प्रणाली वा मेसिनप्रति विश्वास छैन भने उहाँहरुले भेरोलाई मुद्दा हाल्न सक्नुहुन्छ होइन त ?

निर्वाचनको परिणाम घोषणा गर्दागर्दै केही साथीहरुले उठेर विरोध जनाउनुभयो । मत शून्य आउदाँखेरि विरोध जनाउनु स्वाभाविक पनि हो र मलाई पनि प्राविधिक रुपमा त्रुटि भयो है भन्ने लागेकै हो । जब हामीले अरु मत गन्यौं । जो प्रारम्भिक मत परिणाममा पराजित हुनुभएको थियो । तर, केही छिनपछि मतपरिणाम जोड्दाखेरि १० मिनेटभित्रै उहाँ निर्वाचित भएको भनेर आइसकेको छ ।

डा.केशव पौडेलले प्राप्त गरेको मत १६ सय हो । चापमा काम गर्दाखेरि प्रारम्भिक मतपरिणाममा प्राविधिक हिसाबले मात्रै शून्य देखिएको हो । उहाँ निर्वाचित नै हो । यसप्रति हाम्रो क्षमायाचनासहित तत्काल सच्याएर आइसकेपछि साथीहरुले त्यहाँको जमातलाई भड्काउनुभयो । नेतृत्वले नै त्यस्तो प्रकारको अभिव्यक्ति दिएपछि के भन्न सकिन्छ र !

– भनेपछि प्राविधिक त्रुटिको एउटा बहानामात्रै थियो, उहाँहरु बद्री केसी निर्वाचित भएमा पहिलेदेखि नै अस्वीकार गर्ने भनेर तयारी गर्नुभएको थियो भन्न खोज्नुभएको हो ?

तपाईंले भन्नुभएको यो कुरामा सत्यता छ । बद्रीजीले करिब १२ वर्ष एनआरएनएको कोषाध्यक्षदेखि लिएर अध्यक्षसम्म पदाधिकारी भएर काम गरिसक्नुभएको छ । एक पटक कोषाध्यक्ष हुनुभयो, दुई पटक महासचिव हुनुभयो, दुई पटक उपाध्यक्ष हुनुभयो र एक कार्यकाल कार्यकारी अध्यक्ष भएर पनि काम गरिसक्नुभएको छ ।

अहिलेको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया के छ भने ९० प्रतिशत साथीहरु जो पहिलेदेखि नै केन्द्र अर्थात राष्ट्रिय समन्वय परिषद वा स्थानीय तहमा काम गर्नेलाई छान्ने प्रावधान छ । साथीहरु कतिपयले ६ वर्ष गर्नुभयो होला त कसैले १० वर्ष नै गर्नुभयो होला । तर, बद्रीजीको सम्पर्क सबै प्रतिनिधिसँग छ ।

एनसीसीका सबै राष्ट्रिय परिषद्का निर्वाचन यसै भेरोबाटै गराइएको हो । त्यो अन्तर्राष्ट्रिय आईएसओ प्रमाणित कम्पनी हो । यसले बद्री केसी वा अर्को कुनै व्यक्तिको बहकाउमा आएर त्यो प्रकारको त्रुटि भयो भने त त्यो कम्पनीलाई मुद्दा हाल्ने होला नि त !

उहाँले निर्वाचनको बेला वा अघिल्लो दिन फोन गरेर वा म्यासेज गरेर तथा घुमेरमात्रै होइन । उहाँ सबै प्रतिनिधिको जनजन र मनमनमा पुग्नुभएको छ । उहाँले १८ वर्ष यो संस्थामा निरन्तर काम गर्नुभएको छ । एक जना अध्यक्षको उम्मेदवारले के भन्नुभयो भने म त यति महादेशमा घुमेको छु मेरो भोट कसरी कम आयो ? घुमेरै आउने भए त म यो ब्रम्हाण्ड तीन पटक घुम्ने थिएँ । के मलाई अध्यक्ष मान्न मिल्छ कुनै पनि साथीले ? यो त सम्भव छैन नि ! यो त प्रतिनिधिसम्म पुग्ने कुरा हो नि !

– पराजित आफैंले आफैंलाई विजेता घोषणा गरे, सत्ता गठबन्धनको पक्षमा भएकाले संस्थागत रुपमा स्वीकार गर्नुभयो । तर, विजेतालाई गरेको देखिएन नि ?

हाम्रो लडाइँ नै यही हो । हामीले यसअघिको महाधिवेशनमा पनि हाम्रो नेतृत्व छान्ने अधिकार प्रतिनिधिमा राख्नुपर्छ भनेर भनेकै हो । कुनै पनि दल वा शक्ति केन्द्रमा वा सरकारमा छोड्नुहुँदैन । नभए त एनआरएन परराष्ट्र मन्त्रालयको एउटा शाखा वा महाशाखा जस्तो हुने भयो नि त ! यो नगरौं, मध्यरातमा कुनै सहसचिव वा उपसचिवले तोक लगाएर नेतृत्वमा ल्याउने प्रचलन गलत छ । चाहे बालकोटले गरोस्, चाहे बुढानिलकण्ठले गरोस् वा चाहे खुमलटारले नै गरोस्, त्यहाँबाट नेतृत्वले टीका लगाउने प्रचलन रोक्नैपर्छ । हाम्रो नेतृत्व हाम्रै क्षमता र प्रतिनिधिको मतबाट हुने व्यवस्था छँदैछ । यसलाई दूषित नबनाऔं भन्ने नै हाम्रो लडाइँ हो । अहिले साथीहरु महासचिवमा मिलाइदेउ भनेर जानुहुन्छ । अध्यक्षमा कसलाई टिकट दिने भनेर विभिन्न दलका कार्यालय र दलका नेता कहाँ धाउनुहुन्छ । के बद्री केसीको टीमले यस्तो गरेको छ ?

– एनआरएनएको कार्यालय बालुवाटारमा छ । सरकारले प्रहरी परिचालन गरेर तपाईंहरुलाई जान नदेला, उहाँहरुको टीमलाई जान सहयोग गर्न सक्ला, के हुन्छ त्यस्तो अवस्थामा ?

जंगली राज भए त जे पनि गर्न पाइयो । यो कानूनी राज हो । यो देशमा कानूनी राज्य छ भने कुन चाहिँ अदालतले वा कुन सरकारले निर्वाचित भएको पदाधिकारीलाई त्यो हदसम्मको व्यवहार गर्ला भनेर हामी कल्पना पनि गर्न सक्दैनौं । तर, अहिलेसम्मका हर्कत हेर्दाखेरि तपाईंले भनेको जस्तो हुनसक्ने पनि केही न केही छिद्र देखिएका छन् ।

यदि त्यस्तो भइहाल्यो भने यी सबै गतिविधि यहाँको नागरिक समाजले पनि हेरिरहेको होला । यहाँको संसदले पनि हेरिरहेको होला । कानूनी उपचारको बाटो पनि होला । हामी केमात्रै चाहन्छौं भने यदि निर्वाचनको परिणाम कोही कसैलाई मान्य भएन भने जबरजस्ती गरेर नेतृत्वमा आउने होइन, कानूनी उपचारको बाटो खोज्ने हो ।

हामीहरुले भेरो कम्पनीको मान्छेलाई बोलायौं । तर, साथीहरुले स्क्रिन फुटाउन थाल्नुभयो । के भएको हो भनेर सुन्नु त पर्‍यो नि ! प्रतिनिधिले सुन्न चाहिरहेका छन् । निर्वाचनमा उपविजेता हुनुभएका साथीहरुले होहल्ला गरेर स्क्रिन फुटाउन थाल्नुभयो । के हामीले विदेश बसेर सिकेको सभ्यता यही हो त ?

– कानूनी उपचारको बाटो भनेको अदालत जाने हो कि भेरो कम्पनीविरुद्ध मुद्दा हाल्ने हो ?

हाम्रो आह्वान छ, उहाँहरुलाई जे सहज लाग्छ त्यो गर्न सक्नुहुन्छ । अझ हाम्रो निर्वाचित टीमले सपथग्रहण गरेकै दिनमा दुबै अध्यक्षमा पराजित हुनुभएका मित्रलाई पत्राचार गरेर यदि निर्वाचन परिणाममा चित्त बुझेको छैन भने १५ दिनभित्र तपाईंहरुले जो दर्तावाला र स्वतन्त्र आईटी कम्पनी छ भने ल्याउनुस्, जसले कुन मतदाताले कुन मतदान केन्द्रबाट कति बजे मतदान गर्‍यो र कसलाई मतदान गर्‍यो भनेर पनि हेर्नसक्छ । त्यो सबै रेकर्ड छ । त्यो सबै कुरा तीन महिनासम्म सुरक्षित रहने भनेर सम्झौतापत्रमा नै हस्ताक्षर गरेका छौं । यो भेरोले गल्ती गर्‍यो हामीले पनि भन्यौं । यस्तो खालको नजिता दिनुहुँदैन थियो । यसले हाम्रो छवि एकै पटक तल झार्‍यो ।

हामीले निर्वाचन आयोगमार्फत नै भेरोलाई सम्पर्क गर्न लगायौं । उसले म तपाईंका सबै प्रतिनिधिका अगाडि के भएको हो, मलाई जुममा बोलाउनुस् र म फेस गर्न तयार छु । संसारका जुनसुकै अड्डा अदालतमा पनि जान तयार छु भन्यो । हामीहरुले भेरो कम्पनीको मान्छेलाई बोलायौं । तर, साथीहरुले स्क्रिन फुटाउन थाल्नुभयो । के भएको हो भनेर सुन्नु त पर्‍यो नि ! प्रतिनिधिले सुन्न चाहिरहेका छन् । निर्वाचनमा उपविजेता हुनुभएका साथीहरुले होहल्ला गरेर स्क्रिन फुटाउन थाल्नुभयो । के हामीले विदेश बसेर सिकेको सभ्यता यही हो त ?

अहिले तपाईंले टिकटक वा अन्य सामाजिक सञ्जालमा हेर्नुभयो भने हामी विकसित मुलुकमा बसेर सिकेको संस्कार त्यही हो त ? बद्री केसी मुर्दावाद भन्ने अथवा अर्को कुनै उम्मेदवार जिन्दावाद भन्नलाई के यो स्ववियुको निर्वाचन वा कुनै क्याम्पसको प्रारम्भिक कमिटीको निर्वाचन लडेको हो त ? यत्रो ५० लाख प्रतिनिधिको नेता भन्न रुचाउने साथीहरुले बुझ्नुभएको छ कि छैन ? यसो हुँदा एनआरएनएप्रति नागरिक समाज, राज्य अनि मिडियाको दृष्टिकोण के बनिरहेको होला ? थोरै पनि चेतनाको स्तर छैन र हाम्रो ?

– अध्यक्ष बद्री केसीसहितको टीममा निर्वाचित नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चले समर्थन गरेका अधिकांश उम्मेदवार रहेका छन् हो ?

गणितीय हिसाबले परिणामलाई हेर्ने हो भने त्यो आँकलन गर्ने आधार देखिन्छन् । तर, यथार्थमा बद्री केसी नेतृत्वको टीम एमाले निकट होइन । निर्वाचन एक्लै लड्न सकिँदैन । ८० देखि ८२ देशमा सञ्जाल छ । ४२ सयदेखि ४५ सय प्रतिनिधि छन् । राम्रो काम गर्ने साथीहरुलाई किन प्रवासी मञ्चको मात्रै समर्थन रहन्छ र ? बद्रीजीको टीमबाट निर्वाचनमा होमिने साथीहरुको संख्या हेर्नुभयो भने २५ जनाका लागि निर्वाचन भएकोमा एमाले निकट प्रवासी मञ्चमा आवद्ध ६ जनामात्रै छन् । १६ जना त कांग्रेस निकट जनसम्पर्कका साथीहरु निर्वाचित हुनुभएको छ बद्रीजीको टीममा ।

बद्रीजीको टीमबाट निर्वाचनमा होमिने साथीहरुको संख्या हेर्नुभयो भने २५ जनाका लागि निर्वाचन भएकोमा एमाले निकट प्रवासी मञ्चमा आवद्ध ६ जनामात्रै छन् । १६ जना त कांग्रेस निकट जनसम्पर्कका साथीहरु निर्वाचित हुनुभएको छ बद्रीजीको टीममा ।

– अन्तिममा अब तपाईंहरु एनआरएनएलाई भद्रगोल अवस्थामै छोडेर जानुहुन्छ कि व्यवस्थापन गरेर जानुहुन्छ ?

हामीले प्रधानमन्त्रीज्यूलाई जानकारी गराइसकेका छौं, जे भएको हो र जे कुरा हो त्यो भन्न चाहन्छौं भनेर । राज्य भनेको निरपेक्ष हुनुपर्छ । राज्य हाम्रो पनि हो । सम्माननीय प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री वा समग्र सरकार कुनै दल विशेषको हुँदैन । दलबाट निर्वाचित हुनु त्यो प्रक्रियामात्रै हो । विभिन्न दलका नेतालाई पनि हामीले प्रधानमन्त्रीसहित विभिन्न मन्त्रीलाई जस्ताको त्यस्तै जानकारी गराइदिनुस् भनेर भनेका छौं ।

यो विवाद समाधान गरेरमात्रै हामी आफ्नो कार्यक्षेत्रमा फर्किन्छौं । यहाँ लडाइँ गर्ने, कब्जा गर्ने वा सरकारीकरण गर्ने जुन हल्ला छ, मलाई लाग्दैन कि परराष्ट्रमन्त्रीज्यूसँग पनि विभिन्न कोणबाट छलफल भएको छ । उहाँ पनि लोकतन्त्रमा विश्वास गरेर, आन्दोलनबाट उत्पादन भएको नेता भएको हिसाबले उहाँको स्पष्ट भनाइ के छ भने साथीहरुले हामीलाई वा दललाई भजाउन खोजिरहनुभएको छ, लोकतन्त्रमा विश्वास गर्ने भएकाले पनि हामी निर्वाचित भएको समितिभन्दा अरुलाई सोच्न सक्दैनौं भनेर हामीलाई आस्वस्त पार्नुभएको छ ।

अब विवादभन्दा पनि निर्वाचन समितिले घोषणा गरेको नेतृत्वलाई मान्न जरुरी छ । होइन भने दुनियाँमा निर्वाचन नगरे भयो त ! निर्वाचनमा जाने, सुरुदेखि अन्तिमसम्म प्रक्रियामा भाग लिने, तर परिणाम आफ्नो पक्षमा नआएपछि समानान्तर गठन गर्ने र मन्त्री वा प्रधानमन्त्रीको आशीर्वाद लिएर म हो भनेर हिँड्ने हास्यास्पद कुरा दुनियाँमा कही हुँदैन । साथीहरुलाई चित्त बुझेको छैन भने पहिले हामीले पत्राचार गरेअनुसार विज्ञ राखौं, हेरौं । यदि त्यहाँ गलत भएको प्रमाणित भयो भने बद्री केसी नेतृत्वको निर्वाचित टीमले एक मिनेट पनि त्यो पदमा हामी बहाली हुन चाहँदैनौं । कुनै पनि स्वतन्त्र निकाय वा अदालतबाट १५ दिनभित्र छानबिन होस् ।

यदि बद्री केसीको वा बद्री केसीको टीमको कोही-कसैको सानोभन्दा सानो संलग्नता छ भने तत्काल पद छोड्ने कुरा तपाईंको सञ्चारमाध्यमबाट घोषणा गर्न चाहन्छौं ।

यसरी बद्री केसीलाई अध्यक्ष र हामीलाई पदाधिकारी हुनु छैन । हामी यो चुनौतीका साथ भन्न चाहन्छौं कुनै पनि सानोभन्दा सानो कणमात्रै गल्ती गरेका छौं भने अर्को निर्वाचन गर्न तयार छौं । तर, हुलहुज्जतका आधारमा बद्री केसी रसियामा बसेर उहाँलाई एमाले निकटको राजनीतिक रंगले पोतेका आधारमा निर्वाचन प्रक्रियाको छनोटदेखि लिएर अन्तिम समयसम्म हस्ताक्षर गर्ने, परिणाम आफ्नो पक्षमा नआएपछि ह्याक गरियो, धाँधली भयो भन्ने कुरा क्षम्य छैन, तार्किक पनि छैन, समाजले त्यो कुरालाई ढिलोचाँडो बुझ्ने पनि छ ।


प्रतिक्रिया

One thought on “‘नेपालमा जंगली राज छैन भने एआरएनएको निर्वाचनलाई सरकारले मान्यता दिन्छ, हरूवाले बधाई थाप्दै हिँड्नु लोकतन्त्रको उपहास’

  1. जंगलबाट आएकाहरूको वुद्वि अझै पनि जंगली नै छ । तिनै जंगलीका पछि लागेकाहरू लाजै नभई हारे पनि बधाई थाप्दै हिडछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर