पत्रकार पालीको ‘धन्य मायाजाल’ को अडियो र भिडियो सार्वजनिक – Nepal Press

पत्रकार पालीको ‘धन्य मायाजाल’ को अडियो र भिडियो सार्वजनिक

डोटी । पत्रकार तथा कलाकार झलक पालीको डेउडा गीत ‘धन्य मायाजाल’ को अडियो तथा भिडियो सार्वजनिक भएको छ । २०७५ सालमा रेकर्ड भएको ‘धन्य मायाजाल’को झण्डै ५ वर्षपछि अडियो-भिडियो सार्वजनिक भएको हो ।

पत्रकार पाली आफैंले रचना गरेको उक्त डेउडा गीतमा पाली र अम्बिका राई ‘अञ्जु’को स्वर रहेको छ । नजर मिडिया प्रालिको प्रस्तुतिमा भीम बिष्ट/अछामी रेखा युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द-संगीत झलक पाली ‘झरना’को रहेको छ । एरेञ्ज विनोद बाजुरालीले गरेका हुन् । गीतको रेकर्डिङ विमल छिनालले गरेका हुन् ।

खडक बाजुरालीले अडियो मिक्सिङ तथा मास्टरिङ गरेको देउडा गीतको भिडियोमा भीम बिष्ट/अछामी रेखाले निर्देशन गरेका छन् । भिडियोमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार पाली, झरना बोहरा, अम्बिका राई ‘अञ्जु’ र खडक मल्लले अभिनय गरेका छन् ।

कैलालीको धनगढीमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिवपुरी धाम र डोटीको जोरायल गाउँपालिका– १ तिलाचौडमा गीतको छायाङ्कन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *