‘मायाबी’को पहिलो सेड्युल सकियो, पल शाहलाई नयाँ उचाइ दिने विश्वास – Nepal Press

‘मायाबी’को पहिलो सेड्युल सकियो, पल शाहलाई नयाँ उचाइ दिने विश्वास

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म ‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ । फिल्मको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो ।

यसअघि फिल्मको निलगिरी हिमाल आसपास क्षेत्रमा छायांकनको गरिएको थियो । त्यसपछि पोखराका विभिन्न स्थानहरुमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्मको पहिलो चरणको छायांकन सकेका निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाइ दिने दाबी गरे ।

फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सहनिर्माताको रुपमा राजु पराजुली, रमा प्रसाईं र नमिता झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रवीन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।

यो फिल्ममा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको मुख्य भूमिका छ ।

क्रियटिभ सिने आर्टस्को व्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्युसरमा राजकुमार कार्की छन् ।

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । छायांकनको दोस्रो सेड्युल दशैंलगत्तै हुने निर्माण पक्षले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *