गीतकार शिवाकोटीको ‘प्रियसी’ मा प्रकाश र समीक्षाको अभिनय – Nepal Press

गीतकार शिवाकोटीको ‘प्रियसी’ मा प्रकाश र समीक्षाको अभिनय

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘प्रियसी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । गीतकार कुमार शिवाकोटीका शब्द तथा पुष्प गजमेरको संगीत रहेको गीतमा सुमित विश्वकर्माको एरेन्ज छ । गीतको मिक्सिङ तथा मास्टरिङ भारतको चेन्नईमा गरिएको हो ।

भिडिओले प्रेमिकाले दिएको धोकापछिको अवस्थालाई थामा बुनिएको छ । आफूले माया गरेको मान्छेले धोका दिएपछि एउटा प्रेमीले सबै कुरा त्यागेर हिँड्नुपरेको अवस्थालाई निर्देशक निकेश खड्काले भिडिओमा देखाएका छन् ।

उक्त म्युजिक भिडिओमा गायक तथा मोडल प्रकाश सपूत र समीक्षा पोखरेलको अभिनय छ । भिडिओको छायांकन दिनेश पराजुली र सम्पादन विकास धमलाको छ । अमेरिकामा रहेका गीतकार शिवाकोटीले यसअघि ‘भिझाएर आँशु’, ‘पिरतीको खेल’ र ‘सानीलाई’ बजारमा ल्याइसकेका छन् भने उनका सिउँडीको काँडैमा र हामी नेपाली बोलका गीतहरू रिलिजको क्रममा छन् ।

गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरू आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । उक्त भिडिओ जन्मभूमि इन्टरटेनमेन्ट मार्फत् बजारमा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *