कोका-कोलाको ‘सम्बन्धउत्सव स्वादसँग’ अभियान पुनः अवलोकन – Nepal Press

कोका-कोलाको ‘सम्बन्धउत्सव स्वादसँग’ अभियान पुनः अवलोकन

काठमाडौं । कोका-कोला नेपालले दसैँ र तिहारका लागि ‘सम्बन्धउत्सव स्वादसँग’ अभियानलाई पुनः अवलोकन गरेको छ ।

कम्पनीले अभियानभित्र नेपालमा दसैँतिहार प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखेको छ । जसमा दसैँमा टीका लगाउने, तिहारमा दीयो बाल्ने र देउसी भैलो खेलेर मनाउने जस्ता गतिविधि समेटिएका छन् ।

उक्त लेबलहरू कोका-कोला १ लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अभियानले परम्परा, संस्कृति र रमाइला पलहरू कोका-कोलाको साथ बाँड्ने उत्सव भएको र चाडपर्वको सिजनमा स्फूर्तिदायी स्पर्श थप्ने विश्वास लिएको कम्पनीको भनाइ छ ।

कोका-कोला बेभरेज नेपालका म्यानेजिङ्ग डाइरेक्टर दीपक सेन्थिल नाथले भने, ‘कोका-कोला ५० वर्षदेखि नेपाली समाज र उत्सवको एक हिस्सा रहेको छ जसमाथि हामी धेरै गर्व गर्दछौँ । कोका-कोलासँग मानिसहरूलाई एकजुट बनाउन प्रतिबद्ध छौं । हामी आशा गर्दछौं कि ‘सम्बन्धउत्सव स्वादसँग’ अभियानले यो दसैँ र तिहारलाई नेपालभरका परिवारहरूका लागि अझ विशेष बनाउन मद्दत गर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर