रियलमीको चाडपर्व योजना- ‘दशैंतिहार उमङ्ग, उपहारले सबै दङ्ग’ – Nepal Press

रियलमीको चाडपर्व योजना- ‘दशैंतिहार उमङ्ग, उपहारले सबै दङ्ग’

काठमाडौं । रियलमीले नेपालीहरुको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा ‘दशैंतिहार उमङ्ग, उपहारले सबै दङ्ग’ योजना ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकले वासिङ मेसिन ‘७ केजी अटो’, स्कुटर र रियलमी जीटी २ प्रो जित्ने मौका प्राप्त गर्नेछन् ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीका अनुसार योजनाअन्तर्गत ग्राहकहरुले दैनिक रुपमा २.२ लिटरको कोन्का राइस कुकर, सफारी ब्याकप्याक, कोन्का इलेक्ट्रिक मिक्सर र कोन्का इन्डक्सन जित्न सक्नेछन् । त्यस्तै साप्ताहिक रुपमा नार्जी एन ५३ (६ जीबी प्लस १२८ जीबी) जित्न सक्नेछन् ।

बम्पर उपहारमा कोन्का वासिङ मेसिन (७ केजी अटो), कोन्का ५५ इन्च फोरके टीभी, रियलमी जीटी २ प्रो र टीभीएस एनटर्क स्कुटर जित्न सक्नेछन् ।

योजनामा सहभागी हुन ग्राहकले ‘रियल मी क्याम्पेनस डटकम’ मा गएर आफूले खरिद गरेको नयाँ स्मार्टफोनको आईएमईआई नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नामलगायत विवरणहरू उपलब्ध गराउनुपर्नेछ ।

असोज २८ देखि सुरु भएको योजना कार्तिक २९ गतेसम्म लागू रियलमी नेपालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर