लगातारको गिरावटपछि दोहोरो अंकले बढ्यो शेयर बजार – Nepal Press

लगातारको गिरावटपछि दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । लगातारको गिरावटपछि शेयर बजार दोहोरो अंकले बढेको छ ।

मंगलबार शेयर बजार १३.१८ अंकको वृद्धि भई १८६४.६२ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ३८ लाख १३ हजार २३३ कित्ता शेयरको खरिदबिक्री हुदाँ १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँको कारोबार भएको छ ।

सातको पहिलो दिन आइतबार २० अंकले घटेको सेयरबजार दोस्रो दिन सोमबार पनि २३ अंकले बटेको थियो ।

आज एनआईबीएल प्रगती फण्ड, स्वीतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन र सिद्धार्थ इक्यूटी फण्डले सर्वाधिक नाफा कमाएका छन् भने हाटवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र सूपर माइ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वधिक गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर