रुपन्देही उद्योग संघमा एमाले-कांग्रेसको प्यानल नै विजयी – Nepal Press

रुपन्देही उद्योग संघमा एमाले-कांग्रेसको प्यानल नै विजयी

रुपन्देही । रुपन्देही उद्योग संघको २३ औँ अधिवेशनबाट नेकपा (एमाले) र नेपाली काँग्रेस पार्टी निकट उद्योगीहरूको संयुक्त प्यानल विजयी भएको छ ।

संघको सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका छन् ।

सोमबार राती सम्पन्न अन्तिम मत परिणाम अनुसार उनले ४०१ मत प्राप्त गरी विजयी भएका हुन् । अर्का प्रत्याशी माया खनालले २८६ मत प्राप्त गरिन् ।

यसै गरी कोषाध्यक्ष पदमा युवराज आचार्यले ३७८ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत प्राप्त गरे । सचिवमा सुमन बस्यालले ३९६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी कमल ज्ञवालीले २९१ मत प्राप्त गरे ।

सहकोषाध्यक्ष पदमा विशाल बेलबासेले ४२५ मत प्राप्त गरी विजयी हुँदा प्रेम बहादुर आलेले २६८ मत प्राप्त गरे । यसै गरी महिला सदस्यमा (२ जना) मिना थापा तुलाधर (४८९ मत) र सारदा भट्टराई (४५७ मत) विजयी हुँदा सारदा पहारीले २६२ मत मात्रै प्राप्त गरिन् ।

खुला सदस्यतर्फ कृष्ण प्रसाद पोखरेल (४८३), नारायण प्रसाद खनाल (४९२), मोहनिलाल रिजा (४३१), बलबहकादुर गोदार (४१५), अभिषेख गुप्ता (४२०), किरण खरेल (४८९), चक्रपाणि तिवारी (३७३) र अशोक कुँवर (४८०) निर्वाचित भएका छन् ।

पदाधिकारी तथा सदस्य सबै पदमा एमाले–कांग्रेस प्यानलका उम्मेदवार विजयी भएका हुन् । प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू तुलबहादुर सारु (३५३), लालबहादुर थापा (३२०), नेत्रबहादुर रुचाल (२७३) र मोहन प्रसाद भट्टराईले ३१९ मत प्राप्त गरे ।

यही प्यानलबाट यसअघि नै अध्यक्ष पदमा दिलीप सापकोटा, संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मञ्जु भुसाल निर्विरोध निर्वाचित भएका थिए । काफ्ले र भुसाल कांग्रेस निकट हुन् भने बांकी एमाले निकट हुन् ।

यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोबिन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउँपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन प्रमुख यमलाल खनालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर