२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरमा सिटिजन्ससहित कृषि विकास र माछापुछ्रे बैंकले लगानी गर्ने – Nepal Press

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरमा सिटिजन्ससहित कृषि विकास र माछापुछ्रे बैंकले लगानी गर्ने

काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा कृषि विकास र माछापुछ्रे बैंकले लगानी गर्ने भएका हुन् ।

सोमबार देव ग्रुपका अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियम/पूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ । सम्झौतमा अनुसार ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी हुने छ ।

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माणधिन अवस्थामा छ ।

आयोजना कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तका अनुसार अयोजनाको ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । २०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिए भन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिया प्रशारण लाइनमा जोड्ने गरी काम तिव्र गतिमा भैरहेको अध्यक्ष पन्तले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर