मुख्यमन्त्री माग्दै देउवा निवास पुगेका भीम पराजुलीलाई जवाफ- उद्धव थापाबाहेक अरु हुँदैनन् – Nepal Press

मुख्यमन्त्री माग्दै देउवा निवास पुगेका भीम पराजुलीलाई जवाफ- उद्धव थापाबाहेक अरु हुँदैनन्

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कोशीका सांसद भीम पराजुलीले सभापति शेरबहादुर देउवासमक्ष अबको मुख्यमन्त्री आफूलाई बनाउन माग गरेका छन् । आज धुम्वाराही पुगेका उनलाई देउवाले उद्वव थापाबाहेक अरु नहुने जवाफ दिएका छन् ।

देउवाले मुख्यमन्त्री संसदीय दलको नेता नै हुने बताएका हुन् । पराजुलीका अनुसार देउवाले अहिलेको परिस्थितिमा दलका नेता नै मुख्यमन्त्री हुने भन्दै अर्को विकल्प आउँदा पार्टीभित्र सल्लाह गर्ने बताएका छन् ।

‘सभापतिज्यूसँग मैले कोशी प्रदेशको विषयमा कुरा गरेँ । पार्टीभित्र आइरहेको फलानो, चिलानो भन्ने जुन आइरहेको छ नि त्यो विषयमा पार्टीलाई मिलाएर जानुपर्छ भनेर मैले भने’, पराजुलीले नेपाल प्रेससँग भने, ‘सभापतिले मुख्यमन्त्री बन्दा संस्थागतरूपमा बन्छ । कांग्रेसबाट बन्ने भयो भने जो संसदीय दलको नेता छ त्यही हुन्छ । अरु हुँदैन भन्नुभयो ।’

यो पनि पढ्नुस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर