शेयर बजार दोहोरो अंकले घट्याे – Nepal Press

शेयर बजार दोहोरो अंकले घट्याे

काठमाडौं । लगातार साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ ।

आजको दिन नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ बिन्दुका बन्द भएको छ । यसदिन बजारमा ४३ लाख २७ हजार १७९ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको कारोबार भएको छ । आइतबार मात्रै बजारमा ३५ अंकको गिरावट भएको थियो ।

आज बजारमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर नकारात्मक सकिर्टका साथ सर्वाधिक घटामा रहेको छ । भने, कारोबारका आधारमा नबिल बैंक ३ करोड ५१ लाख ४५ हजार ३६९ रुपैयाँको कारोबारका साथ शिर्षा स्थानमा रहेको छ ।

सोमबार उपसमूहका ११ वटा समूहको सेयरमुल्यमा गिरावट भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर