फूडमाण्डुको ‘बडा दशैं बाइट्स’ क्याम्पेन, २५ देखि ५० प्रतिशतसम्म छुट – Nepal Press

फूडमाण्डुको ‘बडा दशैं बाइट्स’ क्याम्पेन, २५ देखि ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालको फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ अफर क्याम्पेन ल्याएको छ ।

क्याम्पेनमा उपभोक्ताले पहिलो अफरअन्तर्गत ‘बडा दशैं बाइट्स’ मा हरेक दिन विभिन्न रेस्टुरेन्टबाट २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट पाउनेछन् । दोस्रो अफरअन्तर्गत ‘बडा दशैं कम्बो बाइट्स’ मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टबाट मन लोभ्याउने कम्बो खानाहरुमा ५० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सक्नेछन् ।

आज सुरु भएको अफर कार्तिक २ गतेसम्म चल्नेछ । ग्राहकले थप जानकारीको लागि फूडमााण्डूको वेबसाइटमा गएर हेर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर