अमेरिकामा नेपाली गीतको नयाँ प्रयोग, सरोज अधिकारीको ‘आज किन’ सार्वजनिक – Nepal Press

अमेरिकामा नेपाली गीतको नयाँ प्रयोग, सरोज अधिकारीको ‘आज किन’ सार्वजनिक

काठमाडौं । प्रवासी नेपालीहरूको संयुक्त प्रयास र सिर्जनाको रूपमा नयाँ गीत ‘आज किन’ को भिडिओ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक सरोज अधिकारीको स्वरमा उक्त गीत आएको हो ।

भिडिओ उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा शब्द तथा सङ्गीत प्रकाश बस्यालको रहेको छ ।

पछिल्लो समय अमेरिकामै बस्दै आएका हास्य कलाकार गोपाल नेपाल ‘फिस्टे’ को निर्देशन रहेको यो गीतको छायाङ्कन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन वरिपरि र केही छायाङ्कन भारतमा गरिएको हो ।

विछोडको कथामा आधारित गीतको भिडिओमा शुभम् पाण्डे र स्मिता शरणको अभिनय छ । गीतको भिडिओमा प्रदीप कम्माको सम्पादन, विक्रमको रंग संयोजन, पोष्टर डिजाइन राकेश दाहालको छ ।
अमेरिकामै बस्दै आएका टेलिभिजन पत्रकार तथा छायांकार राजु तिमिल्सिना र अर्जुन थापाले भिडिओ छायांकन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *