मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि सडक अवरुद्ध (भिडिओ) – Nepal Press

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि सडक अवरुद्ध (भिडिओ)

सुर्खेत । वीरेन्द्रनगरको यरिचोक–मूलपानी नजिकै मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएपछि सडक अवरुद्ध भएको छ ।

मृतकका आफन्त र स्थानीय बासिन्दाले वीरेन्द्रनगरको मूलपानी चोकदेखि मंगलगढी चोकसम्म प्रदर्शन गरिरहेका छन् । दैलेखको आठविस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएपछि आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका हुन् ।

शनिवार बिहान दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि उनका आफन्तहरूले जुम्ला रोडमा मान्छे मार्न पाइँदैन भन्दै आन्दोलन गरिरहेका छन् ।

आन्दोलनकारीहरूले चोकहरूमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्याँस प्रहार गरिरहेको छ ।

नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारी र प्रहरीबीच मंगलगडि चोकमा झडप समेत भएको छ । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तहरूको माग छ ।

मोटरसाइकल चालक फरार रहेका छन् । मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *