सुवासको पार्थिव शरीर च्यासलमा, ओलीले ओढाए झण्डा (तस्बिरहरू/ भिडिओ) – Nepal Press

सुवासको पार्थिव शरीर च्यासलमा, ओलीले ओढाए झण्डा (तस्बिरहरू/ भिडिओ)

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिएको छ ।

च्यासलस्थित मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिएको छ । आज दिनभर नेम्वाङको शव पार्टी कार्यालयमा राखिनेछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गरेका छन् ।

नेम्वाङलाई श्रद्धाञ्जली दिन नेताहरूको बाक्लो उपस्थिति छ ।

छोराहरू विदेशबाट आएपछि उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

बालुवाटारस्थित निवासमा आज बिहान साढे १ तिर हृदयघात भएपछि नेम्वाङको त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो । मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने साथै अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर