सांसदले डीएसपीको परिवारसहितको ज्यान लिने धम्कीपछि अनुसन्धान हुँदै – Nepal Press

सांसदले डीएसपीको परिवारसहितको ज्यान लिने धम्कीपछि अनुसन्धान हुँदै

विराटनगर । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्ले ड्युटीमामा रहेका प्रहरी अधिकृतलाई ज्यान मार्ने धम्की दिएको विषयमा अनुसन्धान भइरहेको बताएकी छन् ।

उनले नेपाल प्रेससँग कुरा गर्दै कोशी प्रदेश सभाका सदस्य खगेनसिंह हाङगामले सार्वजनिक स्थलबाट नामै किटेर प्रहरी नायब उपरीक्षक राजन लिम्बुलाई ज्यान मार्ने दिएको धम्की विषय आपत्तिजनक भएको बताइन् ।

‘हामीले पनि प्रदेश सांसदले दिएको धम्कीको भिडियो हेरेका छौं’प्रमुख जिल्ला अधिकारी चेम्जोङले भनिन् ‘माननीयले दिएको धम्की आपत्तिजनक छ ।’ उनले भिडियोको आधारमा यस विषयमा सूक्ष्म अनुसन्धान भइरहेको बताइन्।

उनले धम्कीका विषयमा उजुरी आए पक्राउ गरिने समेत बताइन् । ‘अहिलेसम्म उजुरी आएको छैन् उजुरी आए पक्राउ गरिने छ ।’चेम्जोङले भनिन्,‘परिवारै सिद्ध्याउने गरी प्रदेश सम्समले दिएको ज्यान मार्ने धम्की आपराधिक हो ।’ बोलकै भरमा कारबाही नहुने जानकारी दिइन् । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले घटनाको विषयमा सूक्ष्म अनुसन्धान भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । अहिले नै यसै हो भन्न सक्ने अवस्था नभएको उनको भनाइ छ । उनले आफूले पनि प्रदेश सभा सदस्य हांगामले दिएको अभिव्यक्तिको भिडियो हेरेको बताए । उनले भने,‘कसैले भनेको भरमै कारबाही भईहाल्छ भन्ने हुँदैन ।’ प्रहरीलाई यस्ता धम्की आइरने भए पनि अनुसन्धान भने भएको बताए ।

हांगामले नेपाल प्रहरीका डिएसपीको नामै किटेर उनलाई र उनको परिवारलाई मार्ने धम्की दिएका थिए ।

हाङगामले शुक्रवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै खुला सभामा हिंसात्मक अभिव्यक्ति दिएका हुन् । जात्रामा भएको विवादका पछि कोशी प्रदेश सभाका सदस्य खगेनसिं हांगमलाई प्रहरीको टोलीले घरैमा गएर आक्रमणको प्रयास गरेको छ ।

ताप्लेजुङ १(२) बाट नेपाली काङ्ग्रेसका तर्फबाट विजयी भएका हाङ्गामले शुक्रवार घरैमा आएर आफूमाथि प्रहरीले आक्रमणको प्रयास भएको बताएका थिए । ताप्लेजुङ घर गएका बेला हाङगामलाई राती १० बजे प्रहरी टोलीले पेस्तोल तेर्स्याएर ‘कक’ गरेको आरोप लगाएका छन् । जात्राका बेला भएको विवाद पछि हिजो उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।


प्रतिक्रिया

One thought on “सांसदले डीएसपीको परिवारसहितको ज्यान लिने धम्कीपछि अनुसन्धान हुँदै

  1. सार्वजनिक रूपमा नै धम्कि दिईसके पछि पनि जाहेरी चाहिने ? खुरूक्क समातेर थुन्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर