नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार छ : प्रधानमन्त्री – Nepal Press

नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी सहयोग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरूलाई अझ राम्रोसँग सम्बोधन गर्ने दृढ विश्वास व्यक्त गरे ।

सरकारले अन्तर्राष्ट्रिय प्रहरी प्रयासहरूलाई समर्थन गर्ने सर्वोपरि महत्त्वलाई मान्यता दिने बताए ।

उनले भने, ‘हामीले पछाडि छोडेको संसार सबैका लागि सुरक्षित र अधिक न्यायपूर्ण छ भनी सुनिश्चित गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो । यसको मतलब सहयोगका लागि हाम्रा संस्था र संयन्त्रहरूलाई बलियो बनाउने मात्र होइन, असमानता, गरिबी र अवसरको अभावलगायत अपराधका मूल कारणहरूलाई पनि सम्बोधन गर्नु हो ।’

राष्ट्रका प्रतिनिधिका रूपमा, हाम्रा नागरिकहरू भय र शोषणबाट मुक्त हुन सक्ने वातावरण सिर्जना गर्न मिलेर काम गर्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘हामीले मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्छ र हाम्रा कानून प्रवर्तन प्रयासहरू विधिको शासनको ढाँचामा सञ्चालन भएको सुनिश्चित गर्नुपर्दछ । न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्तहरू पालना गर्नु कानून प्रवर्तन एजेन्सीहरू र उनीहरूले सेवा गर्ने समुदायहरू बीच विश्वास निर्माण गर्न आवश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर