‘माओवादी एक्लै हिँड्न नसक्ने होइन, लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन’ – Nepal Press
नेपाल टक

‘माओवादी एक्लै हिँड्न नसक्ने होइन, लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन’

माओवादी सचिव देवेन्द्र पौडेल भन्छन्- पार्टीलाई सुधार्न ६ हजार ७ सय ४३ वडामा एकसाथ जनतामाझ फर्किँदै छौं

पोखरा । नेकपा माओवादी केन्द्रका सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेल ‘सुनील’ यतिखेर पोखरामा छन् । समाजवादी मोर्चामा देखिएको खटपट र यसको भविष्य, गठबन्धनको औचित्य, भ्रष्टाचारका काण्डमा सरकारले चालेको कदम र यसले निम्त्याएको परिस्थिति, पार्टी गतिविधिलगायतको विषयमा पौडेलसँग गरिएको कुराकानी नेपाल टकमा ।

– समाजवादी मोर्चा देश दौडाहामा छ । धनगढीमा हुने भनिएको सभा अन्तिममा आएर स्थगित भयो । एमसीसीका कारण मोर्चामा खटपट देखिन्छ, तपाईंहरू एमसीसी कार्यान्वयनका लागि लाग्नुभएको छ मोर्चाकै केही घटक विपक्षमा छन् । यस्तो अवस्थामा कसरी समझदारी हुन्छ ?

१२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी परियोजनाबारे एमसीसीलाई नै पत्र पठाएर यी विषयहरु पुनर्विचार गरियोस् भनेर पत्र पठाइएको थियो । जुन कुरा संसदले पास गरेर नेपालको हित, सार्वभौमिकता, नेपालको अखण्डतासित कहिँकतै पनि आँच नपुग्ने गरी खाली, विशुद्ध आर्थिक परियोजनामात्रै हो भने पनि यी विषयहरु परिमार्जन करेक्सन हुनुपर्छ भनेर हामीले पठाएका थियौं । त्यसमा मुख्य तया बौद्धिक स्वामित्वको कुरा उठेको थियो । त्यसको साथसाथै त्यो परियोजनामा नेपालको पक्षले भोलि कदमकदाचित नेपालले सञ्चालन गर्ने परियोजनामा अवरोध गर्ने या योजनालाई प्रभावका गर्ने खालको भयो भने त्यसको स्वामित्व नेपाल सरकारनै रहने गरी कानून बनाउन पाउने भन्ने कुरा चाहीँ हामीले उल्लेख गरेका थियौं । त्यो भन्दा पहिलो चाहीँ कानून बनाउन नपाइने प्रकृतिको आशय बनाइएको थियो । त्यसपछि त्योसँग सम्बन्धित अन्य थप परियोजना नेपालले बनाउन चाह्यो भने त्यो परियोजना पनि नेपालले बनाउन पाउने गरी हामीले अगाडि बढाएका थियौं ।

त्यसका साथसाथै यो कुनै प्रकारको वैदेशिक सैन्य गतिविधि इन्डोप्यासिफिक प्रोग्राम मातहत नरहने गरी विशुद्ध आर्थिकमात्रै कार्यक्रम हो भने यसलाई हामीले स्वीकार गर्न सकिन्छ भनेर व्याख्यात्मक टिप्पणी बनाएका थियौं । यो विषयमा अलिकलि फरकमत हाम्रो छँदैछ । हामी केमा प्रतिबद्ध छौं भने नेपालको राष्ट्रियता नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, कुनै पनि परियोजनासित सम्बन्धि रहेर हामीले त्यसमा चाहिँ कहिँकतै सम्झौता गर्दैनौं । हामीलाई सबैभन्दा प्यारो भनेको नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता अक्षुण छ, प्यारो छ । त्यसको रक्षा गर्न हामी प्रतिबद्ध छौं । यसैसँग सम्बन्धित कतिपय दलहरुले कतै कमजोरी हुन्छ कि भनेर सचेत बनाउनुभएको छ । खासगरी राष्ट्रियताको मुद्दामा । त्यसप्रति सम्मान व्यक्ति गर्दै हामी त्यो उहाँहरुको भावनासम्मानसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।

-एमसीसीमा असन्तुष्ट भएका समाजवादी मोर्चाको घटक दल नेकपाका महासचिव विप्लवलाई कसरी मिलाउनुहुन्छ ?

उहाँहरूसँग त हामीले पार्टी एकताका कुरा पनि चलाइराखेका छौं । उहाँ वास्तवमा पहिला माओवादी नै हुनुहुन्छ । उहाँ हाम्रो पुरानो साथी पनि हुनुहुन्छ । उहाँले धेरै कुरा कोसिस गर्नुभो । कोसिस गरेका कुराहरूमा सफल असफल दुईटै भए होलान् । तर, फेरि पनि हामी अलगअलग भएर जो प्रणाली हामीले ल्यायौं । यो प्रणालीलाई जोगाउनका निम्ति हामीले सहकार्य गरेर अगाडि बढ्ने भनेका छौं । फेरि पनि पछिल्लो स्वामित्व ग्रहण गर्ने विषयमा हाम्रा फरक धारणाहरू छन् । त्यो बारेमा छलफल गर्दै एक ठाउँमा पुग्ने उद्देश्यसहित हामीले यो मोर्चा पनि बनाएका हौं ।

मोर्चामात्रै होइन, पार्टी एकीकरणको कुरा पनि उहाँसँग चलेको छ । त्यो भनेको पछिल्लो परिवर्तनहरू हामीले ल्याएको हुँदा यसको रक्षा गर्नुपर्छ भन्ने एकीकृत नेकपा माओवादी छ । कहिलेकाहिँ परिवर्तनमा जे हामीले गर्‍यौं । त्यो नै अवसरवादी बाटो हो की भन्ने प्रकृतिको धारणा उहाँले राख्दै आउनुभएको छ । तर, पनि पछिल्ला छलफलले हामी दुइटै पक्षलाई अझ नजिक ल्याउन एउटा सहजीकरण बनाएका छौं र यो मोर्चामा कार्यक्रमका प्रसंगले भविष्यमा अझ थप वैचारिक प्रष्टता कायम गर्नका निम्ति मद्दत पुग्नेछ ।

-समाजवादी मोर्चा राम्ररी अघि नबढ्दै खटपट सुरु भएको छ । यस्तो अवस्थामा कहाँसम्म जाला ?

व्यक्तिगतरूपमा मेरै पनि चाहना म आवद्ध दलको लक्ष्य भन्नुहुन्छ भने एउटा लक्ष्य, उद्देश्य भएका पार्टीहरू नेपालमा धेरै जरुरी छैन । धेरै पार्टीहरू खोल्ने फुटिरहने र फरकफरक दल जनताले बुझ्दै नसकिने गरी जनतामा प्रस्तुत भइरहने कुराले राम्रो मेसेज दिएको छैन । त्यसकारणले हामीले ३ वटा कुरा मिलाएर विचार मिल्नुपर्‍यो आधारभूत रुपमा त्यसपछि काम, कार्यशैलीमा भावना मिल्नुपर्‍यो । तेस्रो चाहिँ कार्यक्रममा पनि एकरुपता मिलाएर अगाडि जान सकियो भने चौथो संगठनात्मक रुपमा पनि हामी एकीकरण गर्न सक्छौं ।

यी ३ वटा कुरा विचार, भावना र कार्यक्रममा नजिक हुँदै गयौं भने हाम्रो उद्देश्य लक्ष्य भनेको भोली एउटै पार्टी पनि बनाउन सकिन्छ भन्ने गरी यो समाजवादी मोर्चा निर्माण गरिएको हो । त्यो समाजवादी मोर्चा संसदको गणितीय प्लसमाइनसका लागि होइन । संसदीय गणित फरक ठाउँमा छ । र कसैका विरोधमा पनि लक्षित छैन यो । कोही पनि तर्सिनु पर्दैन । यो चाहिँ आफै आधारमा विचार, दृष्टिकोण, लक्ष्य मिल्नेहरुको बिचमा यो सुरुआत भएको छ । र यो अरुलाई पनि समेट्दै जाने हाम्रो उद्देश्य रहेको छ ।

-तपाईंहरु कहिले वाम गठबन्धन त कहिले समाजवादी मोर्चा बनाउँदै हिँड्नुभएको छ । माओवादी गठबन्धनविना जान नसक्ने अवस्थामा पुगेको हो ?

त्यस्तो होइन । हामी एक्लै हिँड्ने गरी नै पर्सिदेखि नै देशका ६ हजार ७ सय ४३ वडामा एकसाथ जनतामा फर्किने भनेर अभियान बनाएका छौं । महाधिवेशनपछिको हाम्रो केन्द्रीय समितिको बैठकले हाम्रो पार्टीलाई चाहिँ रुपान्तरणसहित पुनर्गठित गर्ने गरी यो पार्टीलाई बलियो बनाएर जानुपर्छ भनेर अगाडि बढेका छौं । यसले पनि के कुरा प्रष्ट गर्छ भने हामी अरुसँग सहकार्य नगरिकन टिक्नै नसकिने गरी विभिन्न प्रकारका गठबन्धन गर्दै हिँड्ने हो कि भन्ने कुरा सही होइन । तर, फेरि पनि कतिपय विभिन्न प्रकारका बेलामा प्रकट हुने विषयहरु संविधानको रक्षा गर्नका निम्ति लिनुपर्ने हुन्छ ।

बयान कहाँ गएर लियो भन्दा पनि ठूलो कुरा बयान त लियो । कतिपय बहालवाला सचिव पर्नुभो, कतिपय मुख्य सचिवले पनि बयान दिनुभएको छ । कतिपय दलका नेताहरु पर्नुभएको छ । त्यसकारण यो प्रक्रिया अगाडि बढ्छ । सरकार धर्मराएको भन्ने होइन ।

कहिलेचाहिँ हामी लोकतन्त्रिक गणतन्त्रको रक्षा गर्नका निम्ति मिल्नुपर्ने हुन्छ । जुनजुन विषयमा मुलभूत रुपमा हामी मिल्छौं । ती शक्तिहरुसँग हामी तालमेल, समझदारी, चुनावी एकता र कार्यगत एकता गर्दै अगाडि बढेका छौं । र बढ्नुपर्ने पनि हुन्छ । त्यसो भएर हामी एक्लै उभिन नसक्ने भएर होइन । हिजोभन्दा अलिअलि गणितीय रुपमा माइनलप्लस भएका छौं । तर, पनि पुनर्गठन गर्ने संकल्पसहित अगाडि बढेको हुनाले पहिलो हाम्रो आन्तरिक पक्षलाई सुदृढ गर्ने, व्यवस्थित गर्ने दोस्रो चाहिँ मिल्न सक्नेसँग एकीकरणको प्रक्रिया अगाडि बढाउने, तेस्रो चाहिँ तत्काल मिल्न सकिन्न भने मिल्ने एजेण्डा मिल्नेहरुसँग हामीले संयुक्त मोर्चा बनाएर जाने उद्देश्य लिएका छौं । त्यसैअनुसार समाजवादी मोर्चा बनेको हो ।

-२०६४ सालको निर्वाचनमा माओवादी पहिलो पार्टी भयो । त्यसपछि माओवादीको अवस्था खस्किँदो आयो । किन यस्तो अवस्था आयो ?

यो आइरहन्छ । यो दलहरुको बीचमा हामीले यसलाई धेरै ठूलो मानिरहनु हुँदैन । हामी बेलुका सुत्यौं अँध्यारो हुन्छ । बिहान हुन्छ, फेरि दिउँसो हुन्छ । जसरी प्रकृति घटनाप्रवाहहरु अगाडि बढिरहन्छन् । त्यसरी नै दलहरुको औसत अवस्था पनि तलमाथि हुने गर्दछ । अस्ति भर्खर हो नेपाली कांग्रेसले जम्मा २३ सीट जितेको हो । अहिले कांग्रेस देशको ठूलो पार्टी बनेको छ । केही समय पहिले माओवादी देशको पहिलो दल थियो । अहिले तेस्रो दल भयो । त्यो चाहिँ चल्ने प्रक्रियामा हो । र पनि हामीले गम्भीर समीक्षा गरेका छौं । हाम्रो पार्टी, जनमत, पार्टीको स्थितिमा । पार्टी सिद्धियो, मेट्टियो, अब टिक्नै सक्दैन भन्ने कुरा प्रति मेरो विमत्ति छ । तर, फेरि हिजोको जत्तिको मत किन आएन भन्ने प्रश्नको गम्भीर समीक्षा हामीले गरेका छौं । मत बढाउने, सदस्य संख्या पनि बढाउने, निर्वाचित प्रतिनिधिको सीट संख्या पनि बढाउने गरी हामी अगाडि बढ्छौं ।

-पछिल्लो समय आएका केही काण्डहरुले सरकार धर्मराएको देखिन्छ । गठबन्धनमा असन्तुष्टि र अविश्वास बढेको छ । यस्तो अवस्थामा पुष्पकमल दाहाल नेतृत्वको सरकार कहाँसम्म पुग्ला ?

अब यो कसैले पनि टेबलमा औपचारिकरूपमा सुशासन प्रतिकूल हुने गरी सरकारलाई दबाब दिएको जानकारी छैन । अब अलिअलि साइडबाट नजिकका मान्छेहरु प्रसंगबस सुशासनको प्रत्याभूत दिलाउन सरकार अगाडि बढ्दा त्योसित कतिपय मान्छेहरु जोडिएर आउनुभएको छ । सरकारले फलानालाई पक्रे, फलानालाई नपक्रे कहीँ पनि भनेको छैन । घटनाको खोजबिन गर्ने क्रममा, घटनाको प्रसंगसँग जो व्यक्तिलाई घटना, अनुसन्धानको क्रममा स्पष्टीकरण लिनुपर्ने, बुझ्नुपर्ने विषयमा सिआइबीले निष्पक्ष छानबिन गरेको छ । त्यसमा हाम्रो दलको परेपनि फरक छैन । हामी चाहिँ छानबिन गर्ने भनेर पार्टीले निर्णय गरिसकेको छ । अरु कसैको परे पनि फरक छैन । घटनासँग जोडिएको व्यक्ति जुनसुकै पद तथा ओहोदा वा तहमा उनीहरुमाथि प्रश्न उठ्यो भने सोधपुछ गर्ने जस्तो पूर्वप्रधानमन्त्रीको हकमा पनि बयान लिने काम भयो ।

बयान कहाँ गएर लियो भन्दा पनि ठूलो कुरा बयान त लियो । कतिपय बहालवाला सचिव पर्नुभो, कतिपय मुख्य सचिवले पनि बयान दिनुभएको छ । कतिपय दलका नेताहरु पर्नुभएको छ । त्यसकारण यो प्रक्रिया अगाडि बढ्छ । सरकार धर्मराएको भन्ने होइन । यो कारणले सरकार छोड्नु परे पनि जनतालाई सुशासनको प्रत्याभूति दिलाउनको निम्ति अहिलेको सरकारले उठाएको कुरा, अझ मुलत सरकारले नै उठाएको छ । सरकारलाई धन्यवाद दिनुपर्छ । सरकारसित मात्रै यो विषय जोडिएको छैन । संविधान, लोकतन्त्र र प्रणालीसँग यो विषय जोडिएको हुनाले सरकारले यो विषय अगाडि बढाउँछ ।

-देशको अवस्था झन्‌झन् बिग्रिँदै गएको टिप्पणी भइरहेको छ, युवाहरू विदेशिने क्रम बढी छ । यस्तो अवस्थामा तपाईंको पार्टीले नेतृत्वको गरेको सरकारको भूमिका चाहिँ किन खास प्रभावकारी हुन सकेको छैन ?

अब विस्तारै विस्तारै आर्थिक अवस्था सहज हुने स्थितितिर जाँदै छ । बैंकहरूले मौज्दात भएको, रकम प्रवाह गर्ने प्रक्रियाको खोजी गर्दै छन् । ५ खर्बभन्दा बढी रकम बैंकसँग छ भन्ने हामी सुन्छौं । भर्खरै बजेट आयो । कार्यान्वयन प्रक्रियामा अगाडि बढ्दैछ । कतिपय निजी व्यवसायलाई सहजीकरण गर्ने कुरादेखि लिएर घरजग्गा कारोवारलाई सहज बनाउनेदेखि व्यापार घाटालाई न्यूनीकरण गर्ने कुराहरुमा सरकारले प्रयन्न गरेको छ । यो वर्षको यो अवधिको राजस्व उठान हेर्नुभयो भने पनि गत वर्षभन्दा राम्रो छ । यहि अवधिको रेमिटान्स हेर्नुभयो भने पनि बढेर गएको छ । त्यसो भएर आर्थिक अवस्था चौपट भयो भनेर जुन किसिमले भनिएको छ त्यस्तो अवस्था छैन । सहज बनाउनका निम्ति कतिपय कुराहरु अगाडि बढाउनुपर्छ । त्यही रुपमा हामीले बुझेका छौं ।

-प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गण्डकी प्रदेशका ७ जिल्लामा माओवादी शून्य छ । प्रदेश राजधानी भएको जिल्ला कास्कीकै कुरा गर्ने हो भने कुनै बेला ३ वटा क्षेत्रमा जितेको माओवादी अहिले ३ वटा वडामा सीमित छ । यो अवस्था किन आयो, यो अवस्थालाई सुधार गर्न तपाईंहरु कसरी लाग्नुहुन्छ ?

सुधार गर्ने लक्ष्य हामीले लिइसकेका छौं । र कार्यविभाजन मिलाएका छौं । कार्यविभाजनमा सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, केन्द्रीय आयोगका साथीहरु पालिकामा जिम्मेवारी लिएर गइसक्नुभएको छ । पालिकामा केन्द्रित भएर संगठन विस्तार गर्ने सदस्यता नवीकरण गर्ने, जनताका घरघरमा जाने र पार्टीलाई पुनर्गठन गर्ने भनेका छौं । यहाँले भनेअनुरुप सीट नजितेको कुरा साँचो हो । तर, कास्कीमा माओवादी छैन भन्ने कुरा साँचो होइन ।

कास्कीमा अहिले पनि १० हजारजना पार्टी सदस्य हुनुहुन्छ । उहाँहरुको नवीकरण गर्ने भनेका छौं । घट्यो बढ्यो भन्ने कुरा त्यसपछि मात्रै थाहा हुन्छ । गण्डकीका मनाङ मुस्ताङमा कमजोर भएको साँचो हो । अरु कतिपय जिल्लामा पार्टी सदस्यता संख्या छ । त्यति पार्टी सदस्यता संख्या धेरै छ भनेर चुप लागेर बस्नुभन्दा पार्टीलाई सुदृढ बनाउनका निम्ति अहिलेको आवश्यकता हो । त्यसका लागि हामीले योजना बनाएर साथीहरु खटिरहनुभएको छ । विगतभन्दा संगठनलाई हामी सुदृढ गर्छौं । सुदृढ गराउने प्रतिबद्धता पनि यहाँलाई व्यक्त गर्न चाहन्छु ।

-प्रदेश, जिल्ला गुटउपगुट पछि छन् । गण्डकीको इन्चार्ज भएर आउनुभएको छ ? यसलाई कसरी मिलाएर जानुहुन्छ ?

हाम्रो पार्टीमा गुट छैन । अध्यक्षको नेतृत्वमा माओवादी केन्द्र छ र अलिकलि व्यक्तिका व्यक्तिगत सम्बन्धहरू यो या त्यो नाममा जोडिएका थिए । त्यसले कहीँ न कहीँ अर्का साथीसँग नमिल्नका निम्ति छहारी खोज्ने र माथिको छहारीले पनि नबुझिकन व्यक्तिको इच्छाको निम्ति त्यस प्रकारको ग्रुपहरु झुण्डहरु यो या त्यो रुपमा संगठित नभएपनि देखा परेको साँचो हो । त्यसलाई हामी भत्काइसक्यौं । ५ दिन लगाएर बैठक बस्यौं । बैठक बसेर त्यस प्रकारको प्रवृत्तिलाई निषेध गर्नका निम्ति सबैको चाहिँ जिम्मेवारी परिवर्तन गर्‍यौं । परिवर्तन गरिसकेपछि गुटउपगुटको चाहिँ अवशेष रँहदैन ।

-माओवादी पार्टीमै अध्यक्ष कमरेड प्रचण्डको उत्तराधिकारी को बन्ने भनेर अरु नेताहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । यसै त पार्टी झन्झन् सानो हुँदै गएको बेला त्यस्तो प्रतिस्पर्धाले पार्टीलाई कहाँ पुर्‍याउँला ?

कुनै पनि पार्टीले नेपालमा उत्तराधिकारी घोषणा गरेको जानकारी छैन । अहिले हामी पार्टी एकपटक विगतदेखि हामीले गरेका थियौं । अध्यक्षको नेतृत्वमा फेरि पुनर्गठित गर्ने भनेर सबै पदाधिकारीहरु फिल्डमा छौं । सबै इन्जार्च परिवर्तन भएको छ । केही सरकारमा रहनुभएको सदनमा महत्वपूर्ण भूमिका खेल्ने साथीहरु र त्यसबाहेकको सबै साथीहरु जाने । उसको पद कति ठूलो हो भनेर होइन । सबै वडामा जाने, सबै पालिकामा जाने भन्ने निर्णय गरेको हुनाले हामी चाहिँ पार्टी पुनर्निर्माणको चरणमा छौं । त्यसभएको हुनाले उत्तराधिकारी बनाउने, त्यसपछिको यो भन्ने कुरा हाम्रो कुनै छलफल भएको पनि छैन । आवश्यक हो भन्ने पनि मलाई लाग्दैन ।

सुधार गर्ने लक्ष्य हामीले लिइसकेका छौं । र कार्यविभाजन मिलाएका छौं । कार्यविभाजनमा सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, केन्द्रीय आयोगका साथीहरु पालिकामा जिम्मेवारी लिएर गइसक्नुभएको छ । पालिकामा केन्द्रित भएर संगठन विस्तार गर्ने सदस्यता नवीकरण गर्ने, जनताका घरघरमा जाने र पार्टीलाई पुनर्गठन गर्ने भनेका छौं ।

-माओवादी पार्टीले अहिले आएर वडावडा तहसम्म पुगेर कार्यक्रम गर्ने, जनताकहाँ जाने अभियान चलाउने भनेको छ ? त्यो अभियानबाट मतदाता आकर्षित होलान्, नयाँ उदाएका पार्टीहरुले माओवादी त के कांग्रेस र एमालेलाई समेत जनताले नपत्याउने वातावरण सिर्जना गर्दैछन्, माओवादीसँग आकर्षित होलान् ?

हामी चाहिँ जान्छौं घरघरमा । केही न त केही हुन्छ । सुरु भइसक्यो । यही प्रदेशमा हेर्नुभयो भने प्राय सबै पालिकाको बैठक बसालिसक्यौं । १५ गतेसम्म सबै वडाका बैठक राख्ने र १६ गते १ बजे अध्यक्षले सम्बोधन गर्ने र केही न केही प्रगति हुन्छ । केही न केही प्रगति हुने संकेत आइसकेको छ । संगठनात्मक रुपमा हिजो जसरी जमेको थियो, गतिशीलता आएको थिएन । अहिले हेर्नुभयो भने पनि फेसबुकभरि कमिटीमा बैठक निर्णय देख्न सक्नुहुन्छ । केही पार्टी प्रवेशको कुराहरु पनि सुरुआत भएको छ ।

-एकताका पार्टीको नामबाट कम्युनिस्ट शब्द र माओवादी हटाउने, नाम फेर्ने, पार्टीको चुनाव चिन्ह पनि फेर्नेसम्मको बहस भएको थियो । अहिले त्यस्तो बहस छैन ?

अहिले हामी आफैँले चाहीँ माओवादी पार्टीको नाम फेर्ने भनेको होइन । अरु पार्टीहरू माओवादी नाममा सहमति नराखेर नाम फेरम् भनेर खाली बिम्बात्मक रुपमा विचार मिल्यो, दृष्टिकोण, लक्ष्य, उद्देश्य मिल्यो तर, नाममा चाहिँ माओवादी उहाँहरु प्रवेश गरेजस्तो हुन्छ भन्नुभयो भने र एकता हुने भयो भने त्यस्तो अवस्थामा माओवादी नाम पनि परिवर्तन गर्न सकिनेछ भनेर हामीले केही समय अगाडि भनेका थियौं । त्यही निर्णयप्रति अहिले पनि प्रतिवद्ध छौं । कोही पनि एकीकरण आउनुभएन भने त हामीले नाम फेर्नुपर्ने जरुरी छैन । माओवादीको तर्फबाट छौं । भोलि चाहिँ जस्तो अहिले समाजवादी मोर्चा अभ्यास गरेका छौं । उहाँहरु आउनुभयो, नाममा मात्रै विमत्ति राख्नुभयो भने अरु कुरा मिल्यो भनेदेखि नाम ठूलो कुरा होइन । कुनै बेला हामी मसाल भयौं, कुनै बेला माओवादी भयौं । आफै फेरिँदै आएका छौं । त्यस कारण नाम भन्दा पनि वैचारिक उद्देश्य, लक्ष्य र कार्यक्रम प्रमुख हो । त्यसका केन्द्रीत भएर अरुसँग एकीकरण हुने भयो भने हामी चाहिँ नामका कारणले अवरोध नगर्ने, लचिलो हुने भनेर निर्णय गरेका थियौं । त्यो निर्णय प्रति अहिले पनि प्रतिवद्ध छौं ।

– नयाँ उदाएका पार्टीहरुका कारण २०८४ सालको निर्वाचनमा ठूलो भनिएका कांग्रेस एमालेलाई त डर छ, माओवादीले चाहिँ के सोचिरहेको छ ?

निर्वाचन भर्खरै सम्पन्न भएको छ । एक वर्ष पनि पुगेको छैन । सरकारले पहिलो बजेट प्रस्तुत गरेका छन् । अहिले चुनावको प्रसंग छैन । फेरि पनि हाम्रो अहिलेको निर्णय के हो भने गठबन्धन चाहिँ सहायक कुरा हो । एक्लै पार्टी फेस गर्ने गरी तयार हुनुपर्छ । हामीले वडादेखि संघीय निर्वाचनसम्म एक्लै तयारी गर्नुपर्छ भन्ने स्पिरिटमा नै हामी अगाडि बढेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर