नेपालले लियो पाकिस्तानको पहिलो विकेट, करणको बलमा फकार आउट – Nepal Press

नेपालले लियो पाकिस्तानको पहिलो विकेट, करणको बलमा फकार आउट

काठमाडौं । एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे ।

करणले फ्याकेको बललाई १३२ किलोमिटर प्रतिघन्टाको फकारले डाउन द ग्राउन्ड प्रहार गर्ने कोशिष गरेका थिए । तर, एज लागेर बल विकेट किपरको हातमा पुग्यो नेपालका विकेटकिपर आसिफ शेखले उत्कृष्ट क्याच लिए ।

यसअघि नेपालले अघिल्लो ओभरमा इमाम उल हकलाई ड्रप गरेको थियो । सोमपालको बलमा इममाले प्रहार गरेको बल हावामा उड्दा फिल्डरले क्याच मिस गरेका हुन् ।

अहिले क्रिजमा बाबर आजम आएका छन् । उनले पहिलो बलमै चौकाबाट सुरुवात गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *