क्यारेबियन क्रिकेटमा रोचक दृश्य- पोलार्डलाई रातो कार्ड, नारिनलाई निकालियो – Nepal Press

क्यारेबियन क्रिकेटमा रोचक दृश्य- पोलार्डलाई रातो कार्ड, नारिनलाई निकालियो

लन्डन । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सोमबार रमाइलो दृश्य देखियो । सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स र ट्रिनबागो नाइट राइडर्सबीच भएको खेलमा अम्पायरले रातो कार्ड देखाएका छन् र सुनिल नारिन मैदानबाट बाहिरिनु परेको छ ।

सीपीएलमा रातो कार्ड पहिलो पटक प्रयोग भएको हो । २० औँ ओभरको खेल सुरु हुनुअघि ट्रिनबागो नाइट राइडर्सले स्लो ओभर बलिङ गरेको देखिएपछि अम्पायरले कप्तान कायरन पोलार्डलाई रातो कार्ड देखाएका थिए । त्यसपछि पोलार्डले फिल्डिङ गरिरहेका एक खेलाडीलाई बाहिर निकाल्नु पर्ने अवस्था बन्यो ।

त्यसपछि पोलार्डले नारिनलाई निकालेका थिए। नारीनले चार ओभरमा २४ रन खर्चिएर ३ विकेट हात पारेका थिए ।

१७९ रनको लक्ष्य पाएको ट्रिनबागोले १७ बल बाँकी रहँदै ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । सीपीएलमा यसै सिजनदेखि रातो कार्डलाई प्रयोगमा ल्याइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *