गौरा पर्वमा देशभर सार्वजनिक बिदा दिन्छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गरेर देशभर सार्वजनिक बिदा दिने घोषणा गरेका छन् ।
टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद्को बैठकमा यसबारे कुराकानी भएको बताए ।
उनले भने, ‘सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्नेमा हामी प्रस्ट छौं । म गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्छु । बिदा दिने पनि घोषणा गर्छु ।’
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको पहिचान, अधिकार र समृद्धिको लागि आफूले प्राथमिकता दिएको बताए ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदले पनि गौरा पर्वको अवसरमा आगामी वर्षबाट सार्वजनिक बिदा दिने बताए ।