सरकारलाई गोकुलको प्रश्न- कवाडी स्याटेलाइट किन किन्न खोजेको ? टेरामोक्समा जबरजस्ती किन ? – Nepal Press

सरकारलाई गोकुलको प्रश्न- कवाडी स्याटेलाइट किन किन्न खोजेको ? टेरामोक्समा जबरजस्ती किन ?

काठमाडौं । पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुल बास्कोटाले कानून र सर्वोच्च अदालतलले समेत नदिएको टेरामोक्स प्रणाली ल्याउन खोजिएकोमा सरकारको नियतमाथि प्रश्न उठाएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले व्यक्तिको गोप्य कुराकानी र मेसेजसमेत रेकर्ड गर्ने टेरामोक्स प्रणाली जडान गर्न लागेकोमा विरोध भइरहेको छ । नेपाल टेलिकमले यसमा सहमति जनाएको छैन ।

पूर्वमन्त्री बास्कोटाले बुल्गेरियामा अमेरिकाले ६ वर्षअघि राखिदिएको थोत्रो स्याटेलाइट सरकारले किन्न खोजेको भन्दै प्रश्न उठाएका छन् ।

बास्कोटाले टेलिकम्युनिकेसन क्षेत्रमा भइरहेका पछिल्ला चलखलेप्रति प्रश्न गर्दै भनेका छन्, ‘बुल्गेरियामा अमेरिकाले ६ वर्षअधि राखिदिएको कवाड स्याटेलाइट नेपाल सरकार किन किन्न खोज्दै छ ? टेरामोक्स प्रणाली जो आवश्यक देखिँदैन र कानून तथा सर्वोच्चको फैसलाका करण कार्यान्वयनमा ल्याउन सकिँदैन, किन ल्याउन जोड गर्दैछ ? टेलिकममा स्मल सेलको नाटक किन मञ्चन हुँदैछ ? तिनमा अर्बौं खर्च किन गरिँदै छ ?


प्रतिक्रिया

One thought on “सरकारलाई गोकुलको प्रश्न- कवाडी स्याटेलाइट किन किन्न खोजेको ? टेरामोक्समा जबरजस्ती किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *