सिरहाका मिटरब्याज पीडितद्वारा आयोग र प्रहरी प्रशासनविरुद्ध प्रदर्शन


जनकपुरधाम । मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी समस्या समाधानका लागि गठित आयोग र प्रहरी प्रशासनविरुद्ध शुक्रबार सिरहामा पीडितहरुले प्रदर्शन गरेका छन् ।
आयोग र प्रहरी प्रशासनले मिटरब्याज पीडितको पक्षमा वकालत गरेको भन्दै सिरहाका पीडितहरुले प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि गरिएको प्रदर्शनमा सयौं पीडित सहभागी थिए ।
मिटरब्याजसम्बन्धी कानून बने पनि पीडितले न्याय पाउने सम्भावना नभएको पीडितहरुले गुनासो गरेका छन् । मिटरब्याजीलाई राजनीतिक दलका नेताहरुले संरक्षण गरिरहेको र मिलापत्रका लागि बोलाइने छलफलमा आउन अटेरी गर्दा पनि प्रहरीले पक्राउ गर्न नचाहेको आरोप पीडितहरुको छ ।
सिरहामा मात्रै मिटरब्याजसम्बन्धी हजारौं उजुरी परेको छ । तर, न्याय दिन ढिलाइ गर्दा पीडितहरु राजनीतिक दबाबका कारण झन पीडित बनिरहेका छन् ।