घरेलु टोली अष्ट्रेलिया महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा – Nepal Press

घरेलु टोली अष्ट्रेलिया महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । घरेलु टोली अष्ट्रेलिया जारी महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । सोमबार अपरान्ह भएको खेलमा अस्ट्रेलियाले डेनमार्कलाई २-० गोलले हरायो ।

घरेलु टोलीका कैटलिन फुर्ड र हेली रासोले गोल गरे । फुर्डले २९ र रासोले ७० औँ मिनेटमा गोल गरेका थिए । अष्ट्रेलिया २४ वर्षमा विश्वकप जित्ने पहिलो आयोजक राष्ट्र बन्ने प्रयासमा छ ।

जारी विश्वकपमा जापान, इङ्ल्यान्ड, स्पेन, नेदरल्यान्ड्स, स्वीडेन पनि क्वाटरफाइनलमा पुगिसकेका छन् । अब अन्तिम ८ पुग्ने २ टोलीको टुंगो लाग्न बाँकी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *