८ विकेटकाे शानदार जितसँगै जगुअर्स प्लेअफमा, सन्दीप बने प्लेयर अफ द म्याच – Nepal Press

८ विकेटकाे शानदार जितसँगै जगुअर्स प्लेअफमा, सन्दीप बने प्लेयर अफ द म्याच

काठमाडौं । सन्दीप लामिछाने आवद्ध सर्रे जगुअर्स ग्लाेबल टि२० क्यानाडाकाे प्ले अफमा पुगेकाे छ । आज भएकाे समूह चरणकाे अन्तिम खेलमा मिस्सिसाउगा प्यान्थर्सविरूद्ध ८ विकेटकाे फराकिलो जित दर्ता गरेसँगै जागुअर्सले प्लेअफमा स्थान सुरक्षित गरेको हाे ।

जगुअर्सलाई महत्वपूर्ण जित दिलाउन सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओेभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिएपछि प्यान्थर ५६ रनमा समेटिएकाे थियाे ।

जवाफी व्याटिङमा उत्रेकाे जगुअर्सले ९ ओेभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायाे । जगुअर्सका लागि पाकिस्तानी ब्याट्सम्यान माेहम्मद ह्यारिसले २३ बलमा अविजित ३७ रन बनाए ।

आजकाे खेलमा सन्दीप प्लेयर अफ द म्याच बनेका छन् । जारी प्रतियोगितामा पहिलोपटक उनी प्लेयर अफ द म्याच बनेका हुन् । यसअघि उनले तीनपटक माेमेन्ट अफ द म्याचकाे पुरस्कार जितेका थिए ।


प्रतिक्रिया

One thought on “८ विकेटकाे शानदार जितसँगै जगुअर्स प्लेअफमा, सन्दीप बने प्लेयर अफ द म्याच

Leave a Reply

Your email address will not be published. Required fields are marked *