नेपालको कुल निकासीमा २१.४ प्रतिशतले ह्रास – Nepal Press

नेपालको कुल निकासीमा २१.४ प्रतिशतले ह्रास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा कूल १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २०७९/८० मा कुल १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको र जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी रहेको जानकारी दिए ।

आर्थिक वर्षमा एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको बताउँदै उनले नेपालको कुल निकासीमा २१ दशमलब ४ प्रतिशतले ह्रास आएको बताए । सचिव मरासिनीका अनुसार व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनको तयारी गरिएको बताए ।

चालू आर्थिक बर्षमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको कार्यान्वयन, स्टार्ट अप उद्यम कर्जा कार्यक्रम, टिमुरे र चाँदनी दोधारा सुख्खा बन्दरगाह निर्माणमा तीव्रता दिइएको उनले जानकारी दिए ।

बैठकमा मन्त्रालयले आर्थिक बर्ष २०७९/८० मा सम्पादन भएका मुख्य कामहरु र भावी योजनाका विषयमा समितिलाई जानकारी गराएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर