विकास बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कायम गर्न राष्ट्र बैंकको निर्देशन – Nepal Press

विकास बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कायम गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुलाई पनि काउन्टर साइक्लिकल बफर कायम गर्न निर्देशन दिएको छ ।

अब विकास बैंकहरुले पनि थप २.५ प्रतिशत पूँजी कोष कायम गर्नुपर्नेछ । मौद्रिक नीतिमा आएको व्यवस्थालाई राष्ट्र बैंकले शुक्रबार सर्कुलर जारी गर्दै कार्यान्वयनमा लगेको छ ।

काउन्टर साइक्लिकल बफरअनुसार ११ प्रतिशत कायम गर्दै आएको पूँजी कोष अनुपातमा अतिरिक्त २.५ प्रतिशत पूँजी थपिन्छ । कुल १३.५ प्रतिशत पूँजी कोष कायम गर्नुपर्छ । यो व्यवस्था राष्ट्रियस्तरका विकास बैंकहरुलाई मात्रै हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर