बोटलर्स नेपालले पायाे गोल्ड अवार्ड – Nepal Press

बोटलर्स नेपालले पायाे गोल्ड अवार्ड

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड ‘बिएनएल’ ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान ‘आईसीएएन’ द्वारा प्रदान गर्ने बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट ‘बीपीए २०२२’ को गोल्ड अवार्ड प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान ‘आईसीएएन’ द्वारा आयोजित कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट ‘बीपीए’ २०२२ को लागि गोल्ड अवार्ड प्रदान गरिएको हो ।

कम्पनीका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाइ गोल्ड पुरस्कार अर्थमन्त्री डा. प्रकाश शरण महतले आइक्यानद्वारा आयोजित कार्यक्रममा प्रदान गरेका हुन ।

आर्थिक वर्ष ०७८÷७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर र ट्रान्स्पेरेन्सी अफ इन्फर्मेसनको लागि बिएनएल लाई उक्त अवार्ड प्रदान गरिएको हो । बोटलर्स नेपाल (तराई) लिमिटेडलाई २०२२ को लागी सोही श्रेणीमा आईक्यान द्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो ।

कम्पनीले आफ्ना सप्लायर, ग्राहक र सेयरहोल्डरहरू लगायत सबै स्टेकहोल्डरहरूसँग राख्नुपर्ने ट्रान्स्पेरेन्सिको महत्व बुझ्दै कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स आन्तरिक प्रक्रिया र ग्लोबल कोका–कोला सिस्टमको अंश रहेको र सानो प्रयासको लागि कृतज्ञ व्यक्त गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर