बिम्स्टेकको बैठकमा भारतीय समकक्षीसँग परराष्ट्रमन्त्रीको वार्ता – Nepal Press

बिम्स्टेकको बैठकमा भारतीय समकक्षीसँग परराष्ट्रमन्त्रीको वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयंशकरबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा दुई समकक्षीबीच वार्ता भएको हो ।

बैंककमा भएको बिम्स्टेकका विदेशमन्त्रीहरुको दुई दिने बैठकका क्रममा भएको ‘साइडलाइन’ वार्ता उपलब्धिमूलक भएको दुवै पक्षले जनाएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली समकक्षीसँगको वार्तालाई फलदायी भनेका छन् ।

‘नेपालका विदेशमन्त्री नारायण प्रकाश साउदसँग राम्रो भेटवार्ता भएको छ । हाम्रो नेतृत्वद्वारा निर्धारित सहयोगका एजेन्डा लागू गर्न मिलेर काम गर्ने कुरामा हामीले सहमति जनाएका छौँ’, जयशंकरले भनेका छन् ।

उनले भेटवार्तापछि नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर