खोला-पैनीको जग्गा हडप्नेलाई ३५ दिनभित्र जग्गा छोड्न इटहरी उपमहानगरको उर्दी – Nepal Press

खोला-पैनीको जग्गा हडप्नेलाई ३५ दिनभित्र जग्गा छोड्न इटहरी उपमहानगरको उर्दी

विराटनगर । इटहरी उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन निर्देशन जारी गरेको छ । अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने इटहरी उपमहानगरले सुचना जारी गरेको हो ।

इटहरी स्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर ३५ दिने सुचना सार्वजनिक भएको छ ।

इटहरीको टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै समरना हटाउने तयारी भएको मेयर हेमकर्ण पौडेलले बताए ।

उनले उक्त खोला पैनीको दुवै तर्फ ६/६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र स्यंव हटाउन सुचना जारी गरेका जानकारी दिए ।

इटहरी उपमहानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आँफैले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।


प्रतिक्रिया

One thought on “खोला-पैनीको जग्गा हडप्नेलाई ३५ दिनभित्र जग्गा छोड्न इटहरी उपमहानगरको उर्दी

  1. मेयर साव कार्यान्वयन होश पैनि लाई बाटो बनाका धेरै छन खोला पैनि ले ठाउ पावस यति भयो भने अवश्य डुबान बाट पिडा भोग्नुनपर्ला धन्यवाद शुभकामनाछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर