अष्ट्रेलिया जान लागेकी महिला सुन र हीरासहित पक्राउ – Nepal Press

अष्ट्रेलिया जान लागेकी महिला सुन र हीरासहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर बाहिर लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि‌+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलकी अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

मलेसियन एयरलाइन्सको उडानबाट काठमाडौं-मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा झोलाभित्र उक्त सुन तथा डाइमन्ड फेला परेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर