वान एक्स बेटको ‘बल्छी’ मा परेका बल्छी ध्रुवे ५ हजार धरौटीमा छुटेपछि के भन्छन् ? – Nepal Press
नेपाल टक

वान एक्स बेटको ‘बल्छी’ मा परेका बल्छी ध्रुवे ५ हजार धरौटीमा छुटेपछि के भन्छन् ?

काठमाडौं । नेपालमा अवैध रहेको ‘वान एक्स बेट’ को प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार एक महिना हिरासतबासपछि छुटेका छन् । सर्वोच्च अदालतले उनीहरुलाई ५ हजार धरौटीमा छोड्ने आदेश दिएको थियो ।

पक्राउ परेकामध्ये सबैभन्दा धेरै चिनिएका कलाकार थिए, मरिचमान श्रेष्ठ (बल्छी धु्रवे) र राजु पौडेल (राजु मास्टर) । टेलिसिरियल ‘जुठे’बाट निकै प्रशंसा बटुलिरहेका उनीहरु एकाएक पक्राउ परेको खबरले ठूलै तरंग उब्जिएको थियो । उनीहरुले वान एक्स बेटबाट करोडौं कमाएको चर्चाहरु पनि सुनिए । तर, अदालतले नगण्य धरौटीमा छोडेपछि कलाकारहरुले भयंकर ठूलो आर्थिक अपराध गरे जसरी प्रहरीले गरेको प्रचारबाजी पानीको फोका भएको छ ।

नेपाल प्रेससँगको कुराकानीमा जुठेका कलाकार मरिचमान श्रेष्ठले वान एक्स बेटको विज्ञापन आफूहरुले केही एपिसोडमा बजाएको तर कुनै आर्थिक लाभ प्राप्त नगरेको बताए ।

‘हामीले दुईचार वटा एपिसोडमा बजाएका हौं । तर, पैसा आएको थिएन’, उनले भने, ‘बाहिर चाहिँ करोडौं खाएको जसरी प्रचार गरियो ।’

त्रिवि मैदानमा वान एक्स ब्याटको होडिङ बोर्ड राखेको देखेपछि आफूहरु झुक्किएको उनको भनाइ छ । मरिचमान श्रेष्ठसँग गरिएको कुराकानीः

– वान एक्स बेटको पासोमा परेर एक महिना हिरासत बस्नुभयो, जानाजान यसमा फस्नुभएको हो कि अञ्जानमा ?

हामी त अञ्जानमै परेका हौं ।

– यो अवैध हो भन्ने थाहा थिएन ?

खासमा हामी झुक्कियौं । त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल हुँदा 1xbat को होडिङ बोर्ड राखिएको देखेका थियौं । त्यो खेल हेर्न प्रधानमन्त्रीसमेत जानुभएको थियो । हामीलाई 1xbet र 1xbat दुई वटा छन् भन्ने थाहा थिएन । हामीले एउटै सोच्यौंं । प्रधानमन्त्री नै सहभागी भएको ठाउँमा राखिएको विज्ञापन वैध नै होला भन्ने ठानियो । यसैमा हामी अल्मलियौं ।

तर, अहिले बुझ्दा 1xbat र 1xbet एउटै हुन् भन्ने पनि सुनेको छु । नेपालमा अवैध भएकाले एउटा अक्षर फरक बनाएर प्रचार गरिएको भन्ने कुराहरु छन् । हामी प्रुफ पनि खोज्दैछौं । यदि त्यसो हो भने त हामीलाई अनाहकमा दुःख दिइयो नि ! राज्यले नै प्रचार गरिरहेको कुरा हामीले प्रचार गर्दा किन कारबाही गरियो भन्ने प्रश्न उठ्छ ।

१५-२० हजार दिन्छु भनेर भनेको हो । तर, एक सुको पनि आएको थिएन । उसले पैसा नै दिन भ्याएको थिएन । पैसा लिएको भए विगो देखिन्थ्यो । त्यसैअनुसारकै धरौटी हुन्थ्यो होला । हाम्रो त पैसा नै थिएन ।

– तपाईंहरुलाई यो विज्ञापनको प्रस्ताव चाहिँ कसले गरेको थियो ?

हामीसँगै परेका एकजना सरोज घिमिरे भन्ने भाइले प्रस्ताव गरेका थिए । ऊ पनि कलाकार नै हो । उसलाई पनि बाहिरबाट त्यस्तो अफर आएको हो । सरोज भाइ पनि 1xbat र 1xbet एउटै होला भनेर झुक्कियो ।

– तपाईंहरुले करोडौं आर्थिक लाभ लिनुभएको भन्ने सुनिएको थियो । खासमा कति कमाउनुभयो वान एक्स बेटबाट ?

एकदमै गलत प्रचार भएको छ । एकजना दिनेश खड्का भन्ने मान्छे हामीभन्दा अघिल्लो दिन पक्राउ परेका थिए । उनले ६४ करोडको कारोबार गरेको देखिएको रहेछ । मिडियामा चाहिँ कलाकार टीमले नै ६४ करोड खाएको भन्ने हिसाबले आयो ।

दिनेश खड्कालाई हामीले चिनेका नै थिएनौं । हिरासतमै भेट भएको हो । उसले पनि हामीलाई कलाकारका रुपमा मात्रै चिनेको भनेको छ । प्रहरीले तपाईंहरुबीच केही छ कि भन्दा हामीले छानबिन गर्नुस् न त भन्यौं । तर, प्रहरीले सबै छानबिन गर्दा त्यस्तो केही पनि देखिएन । ऊ हामीसँग सम्बन्धित मान्छे नै थिएन । उनीरुलाई अघिल्लो दिन समातेर लग्या रहेछ । हामी कलाकार ग्रुपलाई भोलिपल्ट समातेर छ्यासमिस बनाइयो र भ्रमपूर्ण तरिकाले प्रचार गरियो ।

– विज्ञापन चाहिँ कति समय बजाउनुभएको थियो ?

खोइ, एक-डेढ महिना त्यस्तै गर्‍यौं होला । जुन त्यो टीयूमा गेम भयो, त्यहाँदेखि नै सुरु गरेको हो । प्रधानमन्त्री नै गएको भए अवैध होइन होला भन्ने पर्‍यो । त्यसबाट करोडौं, अर्बौं खाएजसरी न्यूज आए । हामीलाई नराम्रो तरिकाले पब्लिसिटी गरिरहेका थिए मिडियाले । तर, अदालतका न्यायमूर्तिले राम्ररी अध्ययन गरेर खासै कसुर नदेखेपछि पाँच हजार धरौटीमा छोड्नुभयो । हामीले अलिकति न्याय पाएको महसुस गरेका छौं ।

– विज्ञापन गरेपछि अलिअलि पैसा त हात पार्नुभएको थियो होला नि ?

खासमा हामीले पैसा नै पाएका थिएनौं । नेपालमा तपाईंलाई थाहै छ, असार मसान्त भन्ने हुन्छ । उनीहरुले पनि त्यही हिसाबले कुरा गरेका थिए । तर, हामी जेठको अन्तिममा समातियौं । त्यो भाइ पनि सम्पर्कविहीन भइसकेका थिए । पैसा केही आएको होइन ।

– कति दिने समझदारी थियो ?

१५-२० हजार दिन्छु भनेर भनेको हो । तर, एक सुको पनि आएको थिएन । उसले पैसा नै दिन भ्याएको थिएन । पैसा लिएको भए विगो देखिन्थ्यो । त्यसैअनुसारकै धरौटी हुन्थ्यो होला । हाम्रो त पैसा नै थिएन । प्रहरीले हाम्रो सबै अनुसन्धान गरेको हो नि !

– तपाईंहरुलाई कहाँबाट पक्राउ गरिएको हो ?

म र राजू दाइ साँगामा ‘हल्का रमाइलो’ को सुटिङमा थियौं । प्रहरी चौकीबाट फोन आयो । ‘अपराध महाशाखाबाट बोलेको हो, तपाईंहरु कहाँ हो ?’ भन्दा सुटिङमा छौं भन्यौं । त्यसपछि सल्लाह गर्नुछ आउनुपरो भन्नुभयो । त्यसपछि त्यहाँ सुटिङमा रहेका २० जना कलाकारलाई ‘ल हाम्रो सानो काम परो’ भनेर निस्कियौं ।

पहिलोचोटि हामी यस्तो फन्दामा परेका हौं । अलिकति डर पनि लाग्यो । खुरुखुरु काम गरिरहेको मान्छे, कानूनी विषय केही पनि थाहा थिएन । कोही २४ दिनमा छुटिन्छ भन्थे । कोही संगठित अपराधमा पनि हाल्न सक्छ भन्थे । धेरै मान्छेका धेरै तर्क थिए ।

हामी चौकीमा पुगेपछि फोन राखिहाले । घर आउन दिएनन् । हामीले धेरै रिक्वेस्ट गर्दा पनि छोड्नुभएन । कहाँ-कहाँ साइनहरु हाल्न लगाए । सुरुको दिन ४ जनालाई कोटेश्वर, अर्को ४ जनालाई दरवारमार्ग लगियो । मलाई कोटेश्वरमा राखियो ।

– हिरासत बस्दा के सोच्नुभएको थियो ? यति छिटो छुटिएला भन्ने थियो कि थिएन ?

पहिलोचोटि हामी यस्तो फन्दामा परेका हौं । अलिकति डर पनि लाग्यो । खुरुखुरु काम गरिरहेको मान्छे, कानूनी विषय केही पनि थाहा थिएन । कोही २४ दिनमा छुटिन्छ भन्थे । कोही संगठित अपराधमा पनि हाल्न सक्छ भन्थे । धेरै मान्छेका धेरै तर्क थिए । प्रहरीले चाहिँ २४ दिनमा छुट्नुहुन्छ होला भन्ने कुरा सुनाउनुहुन्थ्यो ।

– बाहिर आफूहरुका विषयमा केकस्ता समाचार आइरहेका छन् भन्ने थाहा हुन्थ्यो ?

आफन्तहरु जाँदा यस्तो यस्तो भइरहेको छ भनेर सुनाउनुहुन्थ्यो ।

– प्रहरीले कलाकार भनेर सम्मानित व्यवहार गरे कि अरु जस्तै ?

हिरासत बस्दा प्रहरीसँग गुनासो छैन । उहाँहरुले हामीसँग मीठो बोल्नुभयो । कहिले नि तँ भन्नुभएन । कलाकार भएकाले अरुलाई भन्दा अलिकति प्राथमिकता दिएको हो कि भन्ने महसुस चाहिँ गराउनुभयो ।

– मुद्दा विचाराधीन छ । सफाइ पाउनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

मलाई के लाग्छ भने अदालतबाट न्याय पाउनेछौं । अञ्जानमा गरिएको काम र हामीले कुनै आर्थिक लाभ नलिएको हुँदा सम्मानित अदालतले त्यसलाई पक्कै पनि विचार गर्नेछ ।

हाम्रो ‘हल्का रमाइलो’ ४ एपिसोड रोकियो । ‘जुठे’ दुई एपिसोड आएन । अहिले पनि हामी मेन्टल्ली स्ट्रेसमा नै छौं । अब एक-डेढ हप्ता नयाँ हाल्दैनौं । त्यसपछि गर्छौंं ।

– यो प्रकरणबाट के पाठ सिक्नुभयो ?

केही न केही सिकाइ त भइहाल्यो । कति कुरा बोल्न हुने, बोल्न नहुने भन्ने सिकाइ भयो । तर, हामीलाई नर्मल हिसाबले एउटा कागज गरेर छोडेको भए पनि हुन्थ्यो होला जस्तो लाग्छ ।

– अब कहिलेबाट नियमित काममा फर्किनुहुन्छ ?

हाम्रो ‘हल्का रमाइलो’ ४ एपिसोड रोकियो । ‘जुठे’ दुई एपिसोड आएन । अहिले पनि हामी मेन्टल्ली स्ट्रेसमा नै छौं । अब एक-डेढ हप्ता नयाँ हाल्दैनौं । त्यसपछि गर्छौंं ।

– अरु केही भन्न चाहनुहुन्छ ?

मेरो एउटा गुनासो के छ भने नेपालमा चलेका यूट्युबर ९० प्रतिशतले वान एक्स बेटको विज्ञापन गरेका छन् । ३ सयभन्दा बढीले विज्ञापन गरेका होलान् । तर, हामी ८ जनालाई मात्रै किन टार्गेट गरियो ? कि सबैलाई समाएको भए हुन्थ्यो । कसैलाई उन्मुक्ति र कसैलाई सजाय गर्ने कुरा ठीक हो त ? अहिले त सबै हटाइसके । तर, प्रहरीले छानबिन गर्दा त भेटिएला नि !

अर्को कुरा, अनलाइन जुवा खेलाएर देश कंगाल बनाइयो भन्ने कुराहरु पनि छन् । तर, हामीभन्दा धेरै विकसित राष्ट्रहरुले यस्ता गेमहरुलाई वैधानिकता दिएका छन् । उनीहरु किन डुबेनन् त ? विश्व डिजिटल मार्केट भइसक्यो । कि ड्याम्मै बन्द गर्नुपर्छ । होइन भने कसैले खेल्छ भने राज्यलाई ट्याक्स तिरेर खेल्न पाओस् न ! देशलाई के क्षति हुन्छ ? विश्व कहाँबाट कहाँ पुगिसक्यो ? हाम्रोमा यस्तो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर