क्रान्तिकारी र समाजवादी विद्यार्थीको संयुक्त आन्दोलन हस्ताक्षर अभियानबाट सुरू – Nepal Press

क्रान्तिकारी र समाजवादी विद्यार्थीको संयुक्त आन्दोलन हस्ताक्षर अभियानबाट सुरू

काठमाडौं । शैक्षिक सुधारको विभिन्न एजेण्डासहित अखिल क्रान्तिकारी (पवन कार्की समूह) र समाजवादी विद्यार्थी युनियनले हस्ताक्षर अभियान थालेका छन् ।

सरकार समक्ष तीन बुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका यी संगठनले नेपाल कमर्श क्याम्पसमा विद्यार्थीको हस्ताक्षरबाट अभियान सुरू गरेका हुन् । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू आन्दोलनको मुख्य माग रहेको छ ।

अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवका अनुसार असार महिनाभर देशव्यापी हस्ताक्षर अभियान चल्नेछ । केन्द्रीय, प्रदेश, जिल्ला समन्वय समिति, इकाई/पालिका कमिटीले संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाएर ध्यानाकर्षण गराउने उनले बताए ।

असार २७ गते शान्तिपूर्ण प्रदर्शन र ३१ गते अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर