जग्गा विवाद हुँदा एक युवकले गरे भाउजूको हत्या – Nepal Press

जग्गा विवाद हुँदा एक युवकले गरे भाउजूको हत्या

रुपन्देही । नवलपरासी पश्चिममा जग्गा सम्बन्धी विवादमा झगडा हुँदा एक युवकले भाउजूको हत्या गरेका छन् । रामग्राम नगरपालिका वडा नम्बर १० मझरियामा जग्गाको लेनदेन सम्बन्धी विवाद हुँदा हत्या भएको हो ।

हत्यामा संलग्न रामग्रामका चन्दन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

रामग्राम नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २६ कि मिरा चौधरीलाई आफ्नै देवर चन्दन चौधरीले मोटरसाइकलको सकर रडले टाउकोमा हानेर भाउजू मिराको हत्या गरेका हुन् ।

टाउकोमा गहिरो चोट लागेकी चौधरीलाई तत्काल पृथ्वीचन्द्र अस्पताल पुर्याइएको र थप उपचारको लागि मेडिकल कलेज भैरहवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर