भावी प्रधान न्यायाधीशमाथि आरोप- ‘क्याडर जज’ले वकिलविरुद्ध कर्मचारी युनियनलाई हतियार बनाए – Nepal Press

भावी प्रधान न्यायाधीशमाथि आरोप- ‘क्याडर जज’ले वकिलविरुद्ध कर्मचारी युनियनलाई हतियार बनाए

कानून व्यवसायीलाई न्यायाधीश बन्न दिन हुन्न भन्नेप्रति वकिलहरुको आक्रोश- घुस्याहा कर्मचारीलाई पनि न्यायाधीश बन्न दिन्नौं

काठमाडौं । ललितपुर जिल्ला अदालतकी कर्मचारी प्रेमिका तामाङ र कानून व्यवसायी अमिर लामिछानेबीच भएको हातपातको घटनाले न्यायपालिकाभित्र बार र बेञ्चबीच नै ‘टसल’को अवस्था सिर्जना भएको छ ।

नेपाल बार एशोसियसनले सोमवार ललितपुर जिल्ला अदालत परिसरमा आयोजना गरेको विरोध सभामा पूर्व महान्यायाधिवक्ता रहिसकेका वरिष्ठ अधिवक्तादेखि बार अध्यक्ष र पूर्व अध्यक्षहरुले एक महिनापछि प्रधान न्यायाधीश बन्न लागेका वरिष्ठतम न्यायाधीश विश्वम्भर श्रेष्ठको नियतमाथि समेत प्रश्न उठाए ।

घुस माग्ने कर्मचारी प्रेमिका तामाङबाट हातपातमा परेका कानून व्यवसायीलाई अमिर लामिछानेलाई झुट्टा मुद्दा लगाएर अदालतमा भइरहेको भष्ट्रचारलाई संरक्षण गरिएको भन्दै पूर्व महान्यायधिवक्ता रमन श्रेष्ठले कर्मचारी ट्रेड युनियनलाई ‘क्याडर जज’ले उक्साएको आरोप लगाए ।

श्रेष्ठले भने- विगतमा हामीले न्यायाधीश र न्यायलयमा हुने भष्ट्रचारको विरुद्धमा अभियान चलाएका थियौँ। तर अधिवक्ता अमिर लामिछानेको घटनाले फाँटमा हुने भ्रष्टाचार उजागर भएको छ । यो घटना फाँटमा हुने भष्ट्रचारविरुद्ध अभियान चलाउन टर्निङ प्वाइन्ट हुन सक्छ । तर, यस्तो भष्ट्रचार जोडिएको घटनालाई क्याडर जज, सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरुले प्रोभोक गरिरहेका छन्। धेरै ठाउँमा बोल्नु भएको छ ।

श्रेष्ठले भावी प्रधान न्यायाधीश विश्वम्भरको नाम नलिई कानून व्यवसायीबाट न्यायाधीश बन्न नदिन कर्मचारी युनियनलाई अघि सारिएको आरोप लगाए । न्याय परिषद बैठकमा वरिष्ठतम न्यायाधीश विश्वम्भर श्रेष्ठले उच्च अदालतको न्यायाधीश नियुक्तिमा जिल्ला न्यायाधीश र न्याय सेवाका कर्मचारीबाहेक अरु स्वीकार नगर्ने अडान लिएपछि बार आक्रोशित बनेको छ ।

श्रेष्ठले भने- आज योजनाबद्ध ढंगले क्याडर जज भन्नेले कानून व्यवसायीबाट न्यायाधीश नियुक्त गर्न हुन्न भनेर हिँडेका छन् । हिजो ८० जना न्यायाधीश नियुक्तिमा हामीले विरोध गर्दा क्याडर जजले त्यसविरुद्धको रिट खारेज गरे । हरिकृष्ण कार्कीको प्रश्न उठ्दा क्याडर जजले नै खारेज गरे । एउटा वातावरण वकिल बदमाम र नालायक भन्ने स्थापित गर्न खोजिएको छ ।

यसमा ट्रेड युनियन त हतियारमा हो,बहालावाल क्याडर जजको नेतृत्वको यो भइरहेको छ । कानून व्यवसायीबाट गएका न्यायाधधीशलाई काम गर्न नदिने प्रयास भइरहेको छ । यदि उनीहरु वकिललाई न्यायधाीश बनाउन हुन्न भन्छन् भने हामी पनि भन्छौं, खबदार घुस्याहा कर्मचारीलाई न्यायाधीश बनाउन पाइदैन,घ’स्याहा न्यायाधीशलाई बढुवा गर्न हुन्न ।

नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानून व्यवसायीलाई न्यायाधीश नियुक्त गर्न हुँदैन भनेर अदालतमा पर्चा बाँडिएको भन्दै यसमा क्याडर जजको संलग्नता रहेको आरोप लगाए ।

नेपाल बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायीलाई न्यायाशी नियुक्त गर्न हुन्न भन्नेमा कर्मचारीलाई देखाएर क्याडर जज लागिपरेको आरोप लगाए ।

उनले भने- क्याडर जज भन्नेहरुले न्यायपालिकाको भ्रष्टाचार कायम राख्न चाहेका छन् । उनीहरुले अटोमेसन ल्याउन चाहेका छैनन्,न्यायपालिका सुधार सम्बन्धी हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यन्वयन गर्न चाहेका छैनन् । आज क्याडर जजले न्यायाधीश नियुक्तिमा कर्मचारी युनियन खडा गरेका छन् ।

कार्यक्रममा नेपाल बारकी महासचिव अन्जिता खनालले प्रेमिका प्रकरण कर्मचारीको सामान्य आन्दोलन नभएर बारविरुद्ध क्याडर जजले उचालेको अभियानको संज्ञा दिइन् ।

उनले भनिन्- यो ललितपुर जिल्ला अदालतभित्र कर्मचारी र कानून व्यवसायीबीचको सामान्य विवादको घटनाले भएको होइन । आजै एकजना न्यायपरिषद सदस्यले मलाई फोन गरेर क्याडर जजका कारण कानून व्यवसायीलाई न्यायाधीश नियुक्ति गर्ने जुन प्रतिशत छ त्यो नसकिने भयो भन्नुभयो । मैले पनि ठिक छ नगर्नुस,बारलाई चाहिएको छैन त्यसपछि के हुन्छ हामी देखाउँछौं भनेँ ।

सो कार्यक्रममा बारका पूर्व उपाध्यक्ष टिकाराम भट्टराई,पूर्व महान्यायाधीवक्ता रमेश बडाल, पूर्व महासचिव सुनिल पोखरेल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उच्च बार पाटनका अध्यक्ष शान्तिराम खतिवडालगायतले पनि कर्मचारी युनियन वकिलविरुद्ध प्रयोग भएको आरोप लगाए ।

करिब साढे २ घण्टासम्म जिल्ला अदालत ललितपुरमा विभिन्न बारका अध्यक्ष तथा बरिष्ठ अधिवक्ताहरुका अभिव्यक्ति क्याडर जज बरिष्ठतम न्यायाधीश विश्वम्भर श्रेष्ठलक्षित थिए । श्रेष्ठको अडानका कारण प्रधान न्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्न सकेका छैनन् ।

कार्की एक महिनापछि अवकाश हुँदैछन् । हरिकृष्ण कार्कीपछि विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीश हुनेछन् । उनी कानून व्यवसायीबाट नभई क्याडर जजका रुपमा बढुवा हुँदै सर्वोच्चमा पुगेका हुन् ।

उनी कानून व्यवसायीलाई न्यायाधीश नियुक्ति गर्नेमा अनुदार छन् । उनीसहितका क्याडर जजले सर्वाेच्चका एकजना रजिष्टारमार्फत कर्मचारी युनियनहरुलाई प्रेमिका प्रकरण उचाल्न आन्दोलित बनाएको आरोप छ ।

 


प्रतिक्रिया

4 thoughts on “भावी प्रधान न्यायाधीशमाथि आरोप- ‘क्याडर जज’ले वकिलविरुद्ध कर्मचारी युनियनलाई हतियार बनाए

  1. यी वकील सबै चोरै हुन् । कालोलाई सेतो र सेतोलाई कालो बनाउँछन् । तिमी फटाहाहरूलाई किन न्यायाधिश हुनु परो पाटीको झोला बोका बारमा बस न्यायाधिसलाई अदालतमा छिर्न बार लगाओ अनि भ्रष्टाचारीको पक्षमा वकालत गरी अकुत कमाओ । ठूला डंका गर्नु पर्दैन ।

  2. कुनै पनि पार्टीका झोलेहरुलाई न्यायाधीश नियुक्ति गर्न हुँदैन न्यायाधीश व्यावसायिक हुनुपर्छ अनि मात्रै न्याय दिनसक्छ अन्यथा परमादेश आउँछ ।

    1. कोही पनि झोला नबोकेका न कर्मचारी छन न वकिल सबै पार्टीका झोले हु चण्डेश्वर रमन माओवादी पार्टी का अहिलेका अध्यक्ष कांग्रेस हुन महासचिव पनि गठबन्धनको हो हुन भट्टराई बराल खतिवडा एमालेका हुन भने कानुनी शासनको धज्जी उढाउने चण्डेश्वरहरू अदालतलाई आफ्नो इसारामा नचाउन चाहान्छन् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा आज सम्म पनि दोवाटोमा छन यो सबै गठबन्धन र उसका मतियार वकिलले आन्दोलन मार्फत हाजिरी रोक्नाले हो अब पनि क्याडर र राजनीतिक नियुक्ति विचको विवाद ल्याउनुमा अपराधी वकिल हरूले गर्दा हो मेरो ठम्याइ तर कर्मचारी पनि असस्कारीक छन अनुशासनमा छैनन् अदालत पनि सेटिङ्गमा छ जसको उदाहरण नागरिकता विधेयक सम्मलाई अध्ययन गरे देखिन्छ वकिल न कर तिर्छन् न सस्तो वहस गर्छन एउटै वहसमा २०/३० जना छन् भने प्रत्येकसग छुट्टाछुट्टै रकम लिन्छन् विल दिदैनन् यसको ज्वलन्त उदाहरण कर्मचारीको संघ र प्रदेशको समायोजन गर्दा थाहा भएको हो यावत् कारण २०ओ बर्ष मुद्दा पेन्टिङ मा छ यहीँ हो न्याय लाज लजायो अहिले ।

  3. यी वकिल दलाल हुन् । यिनले न्यायालयमा दलालीलाई बढावा मात्र दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *