साउदी : अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु – Nepal Press

साउदी : अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु

काठमाडौं । साउदी अरबमा एक नेपाली सुरक्षा गार्डसहित २ जनाको मृत्यु भएको छ ।

जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डको पनि मृत्यु भएको अलजजिराले जनाएको छ ।

कारमा आएका एक व्यक्ति अमेरिकी वाणिज्य दूतावास अगाडी बन्दुक लिएर आएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको थियो ।

मृतक नेपाली सुरक्षा गार्डको नाम ठेगाना खुलेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर