केन्द्रीय कारागारका आन्तरिक विवादमा आफूलाई नमुछ्‌न जेलमुक्त सुजन पौडेलको आग्रह – Nepal Press

केन्द्रीय कारागारका आन्तरिक विवादमा आफूलाई नमुछ्‌न जेलमुक्त सुजन पौडेलको आग्रह

काठमाडौं । रमेश बाहुन नामबाट चिनिने सुजन पौडेलले आफू जेलबाट निस्किएपछि सामान्य र सामाजिक जीवनमा फर्किन खोजिरहेको भन्दै जेलभित्रका विभिन्न स्वार्थ समूहसँग जोडेर विवादित नपार्न आग्रह गरेका छन् ।

कतिपय मिडियामा केन्द्रीय कारागारभित्रका नाइके, भाइनाइके तथा चौकीदारहरूले आफ्नो नाममा पैसा उठाएको भनेर आएका विषयसँग आफ्नो ध्यानाकर्षण भएको भन्दै पौडेलले आफ्नो नाममा कसैले गलत गरे सोही व्यक्ति जिम्मेवार हुने बताएका छन् ।

उनले जेलभित्र हुने कुनै पनि काम तथा सरुवा र आन्तरिक प्रशासनसँग आफ्नो सरोकार तथा संलग्नता नरहेको प्रष्ट पार्दै जेलमुक्त भइसकेको निर्दोष व्यक्तिको पछि नलाग्न सबैमा आग्रह समेत गरेका छन् ।

गुण्डागर्दीको अभियोगमा प्रहरीले वान्टेड सूचीमा राखेका पौडेललाई लागु औषध मुद्दामा फसाएर १० वर्ष जेल राखिएको थियो । उनी जेलभित्र चालचलन असल भएको भन्दै एक वर्ष सजाय छुट पाएर हालै सामान्य जीवनमा फर्किका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर